नेदरल्याण्ड्सलाई पछि पार्दै नेपाल १४औं स्थानमा

एसोसिएट मध्ये दोस्रोमा

काठमाडौं । आईसीसी ओडीआई वरीयतामा नेपालले फड्को मार्ने क्रम जारी छ । लिग टू को पछिल्लो १२ मध्ये ११ खेल जितेपछि नेपालले वरीयतामा लगातार सुधार गर्दै आएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार अपडेट गरेको नयाँ वरीयतामा नेपाल एक स्थान सुधार गर्दै १४औं स्थानमा उक्लेको छ ।

आईसीसीको १२ फुल मेम्बरपछि नेपाल एसोसिएट राष्ट्रमा दोस्रो स्थानमा छ । नेपालले हाल १२ टेष्ट राष्ट्रसँगै सुपर लिग खेलेको नेदरल्याण्ड्सलाई पछि पारेको हो ।

एसोसिएटमा स्कटल्याण्ड १२ औं स्थानमा छ । टेष्ट राष्ट्र जिम्बावे १३औं स्थानमा छ ।