नियमित आँखा परिक्षण सचेतनाका लागी र्याली

नेपालगन्ज, नियमित आँखा परिक्षण सचेतका लागी शनिबार नेपालगन्जमा र्याली गरेको छ। बिश्व जलबिन्दु सप्ताहको अन्तिम दिन नेपालगन्ज सचेतमुलक कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा चिकित्सकहरुले नियमित स्वास्थ परिक्षणका लागि आम नागरिकमा सचेतना जरुरी रहेको छ। अन्धोपन बाट जोगिन नियमित आँखा परिक्षण गर्न चिकित्सकहरुले सुझाव समेत दिनु भएको छन।

भिजन आँखा अस्पतालले आयोजना गरेको कार्यक्रममा प्राय जसो ४० बर्ष पूरा भएपछी देखापर्ने जलबिन्दु बेलैमा चेकजाँच गराए निको हुने चिकित्सकहरुले जानकारी दिएका थिए। उनिहरुले नियमित आँखा जाँच गरेमा रोगको संक्रमण देखिए पनि समयमै उपचार गरेमा निको हुने सुझाव कार्यक्रम मार्फत जानकारी दिएका थिए। र्याली पछिको कार्यक्रम नेत्र रोग विशेषज्ञ डा. प्रचण्ड गौतमले जलबिन्दुलाई अन्धोपनको प्रमुख कारण भएको बताए। जलबिन्दु भएपछी करिब १० प्रतिशतलाई आजीवन अन्धोपन हुन सक्छ डा. गौतमले भने जलबिन्दु जस्लाई हुन सक्ने भएकोले नियमित आँखा स्वास्थ परिक्षण गर्न अनिवार्य छ।

प्रत्येक बर्ष कम्तीमा एक पटक आँखाको परिक्षण गरेर जलबिन्दु लगाएत अन्य रोगको संक्रमणबाट बाच्न सजिलो हुने डा. गौतमको भनाई छ। कार्यक्रममा भेरी अस्पतालका चिकित्सक डा. दिक्षा बोहोराले जलबिन्दु बाट जोगिन बेलैमा आँखा परिक्षण आवस्यकता रहेको बताइन। आयोजक भिजन आँखा अस्पतालको बि.पि. चौक सुर्खेत रोड स्थित कार्यालयबाट सुरु भएको र्याली गणेशमान चौक भेरी अस्पताल त्रिभुवन चौक हुन्दै पुन: भिजन अस्पतालमा पुगेर सचेतना सभामा परिणत भएको थियो।