शिवालयमा पाइला परियोजनाको सामाजिक लेखापरिक्षण सम्पन्न

जाजरकोट, सहयोगी हातहरुको समूह (सहास) नेपाल पाइला परियोजनाको सामाजिक लेखापरिक्षण कार्यक्रम सम्पन्न गरेको छ । जाजरकोटको शिवालय गाउँपािलकामा सम्पन्न गरेको हो ।

सहास नेपालले सन् २०२२ देखि शिवालयमा जलवायु परिवर्तन,विपद ब्यवस्थापन र कृषि खाद्यसुरक्षाका बिषयमा समूह मार्फत कार्यक्रम गर्दै आईरहेको छ । समुदाय र जनप्रतिनिधीको क्षमता विकासका साथै बिभिन्न जलवायु उत्थानशिल प्रबिधिको सहयोगका कार्यक्रम यस परियोजना मार्फत हुँदै आएको कुरा परियोजना संयोजक मनिक्षा आचार्यले  बताइन् ।

गाउँपालिका जनप्रतिनिधी र बिषयगत शाखा प्रमुखहरुको सहभागीतामा कार्यक्षेत्रमा संयुक्त अनुगमन गरिएको थियो । यसरी अनुगमन पश्चात जनप्रतिनिधी , बिषयगत शाखा प्रमुख , राजनीतिक दल , कृषक समूहका प्रतिनिधी र किशोरी संबादका प्रतिनिधहरुको बिचमा सामाजिक लेखापरिक्षण भएको हो ।

शिवालय गाउँपालिकाका अध्यक्ष शेर बहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा स्वतन्त्र ब्यक्ति सामाजिक लेखा परिक्षक प्रसिद्ध न्यौपानेले सहजिकरण गरेका थिए । अनुमगनका क्रममा र सामाजिक लेखापरिक्षण कार्यक्रममा पनि समुदायले परियोजनाबाट पाएको सुबिधा साथै प्राबिधीक सहजिकरणले सन्तुष्ट रहेको बबताए थिए।

त्यस्तै किशोरी संबाद कक्षाको कार्यक्रमबाट किशोरीहरुमा बालबिबाह न्युन गर्न साथै उनिहरु मार्फत घरपरिवार र समुदायमा बिभिन्न सचेतनाका कार्यक्रम भएको सहभागी किशोरी र एनिमेटरहरुले बताएका थिए । यस्तै समुदायमा आबश्यकता अनुसारको कार्य भएकोले आगामी दिनमा पनि संगै मिलेर साझेदारीमा कार्यक्रम गर्न सकिने बारेमा वडाध्यक्षहरुकाे धारण रहेकाे थियाे  ।

संबाद कार्यक्रम निकै प्रभावकारी रहेको र आँफुलाई मन छोएको कुरा गाउँपालिका उपाध्यक्ष गिता शाहीले बताइन  । शिवालय गाउँपालिका सरकार संगै रहेर समुदायले चाहेको कार्यक्रम पाइला परियोजनाले गरिरहेको र आगामी दिनमा संगै मिलेर धेरै काम गर्न सकिने गाउँपालिका अध्यक्ष शेर बहादुर शाहीले बताए  । कार्यक्रममा आफ्नो परियोजनाको प्रगति प्रस्तुत गर्दै आगामी दिनमा पनि समुदाय र स्थानिय सरकार संग संगै मिलेर कार्यक्रम गर्ने बारेमा परियोजनाका अधिकृत हरि प्रसाद अधिकारीले प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।

सहास नेपालले जाजरकोटको शिवालय गाउँपालिका र बारेकोट गाउँपलिकामा पनि परियोजना संचालन गर्दै आइरहेको छ ।