जनशिद्धेश्वर क्याम्पसको स्ववियु सभापतिमा लालु थारुको उम्मेदवारी

काठमाडौं, ‘मिनी रोल्पा’ उपनामले चिनिने बाँके राप्तिसोनारीको फत्तेपुरमा रहेको जनशिद्धेश्वर पब्लिक क्याम्पसको स्ववियु सभापतिमा लालु थारुले उम्मेदवारी दिएका छन् ।

चैत्र ५ गते हुन स्वतन्त्र विद्यार्थी युनियन ‘स्ववियु’ निर्वाचनको लागि उनले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) को तर्फबाट सभापतिमा उम्मेदवारी दर्ता भएका हुन् ।

उक्त सङ्गठन संसदीय व्यवस्था असफल भएको निष्कर्ष सहित नयाँ राजनीति व्यवस्थाको माग गर्दै खरो रुपमा सडक संघर्ष गरिरहेको राजनीति दल नेकपा (बहुमत) को भातृ सङ्गठन हो । जनयुद्धको समयमा यस क्षेत्रलाई ‘मिनी रोल्पा’ को उपनामले चिनिन्थयो ।

कार्यतालिका अनुसार स्ववियु निर्वाचनका लागि मतदानको समय चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ । स्ववियु निर्वाचनको प्रचार–प्रसार फागुन २९ गतेदेखि चैत २ गते राति १२ बजेसम्म समय तोकिएको छ । त्रिविमा २८ वर्ष उमेरहद र मिश्रित निर्वाचन प्रणालीमा निर्वाचन गर्न लागिएको हो । निर्वाचन देशभरिका त्रिविमा ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुँदैछ ।