सांग्रिलालाई अर्किड कप

काठमाडौं, सांग्रिलाले सातौं अर्किड कप जुनियर ब्वाइज फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

काँडाघारीस्तिथत  आयोजक अर्किडको मैदानमा भएको फाइनलमा सांग्रिलाले कौतिल्यलाई १–० गोलले पराजित ग¥यो । मनकामना तेश्रो भयो ।

शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार हात पारे । चौथो भएको माउन्ट सेबले ५ हजार नगद पुरस्कार पायो ।

विजेतालाई कागेश्वरी मनोहरा नगरपालिका मेयर उपेन्द्र कार्की, अर्किडका सञ्चालक प्रेमकुमार भुजेल, प्रिन्सिपल चोलेन्द्रबहादुर कार्कीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । नकआउट प्रतियोगितामा ३८ टिम सहभागी थिए ।