हजार करोड क्लब प्रवेशका लागि तम्तयार पठान

मुम्बई । बलिउडका बादशाह शाहरुख खान अभिनित पठान एक हजार करोडको क्लबमा प्रवेश गर्ने सुनिश्चित भएको छ ।

सोमबारसम्म ९९६ करोड सङ्कलन गरेको उक्त फिल्मले हिन्दी सिनेमा सबैभन्दा बढी रकम असुली गर्ने सिनेमाको रेकर्ड बनाएको यशराज फिल्मले जनाएको छ । गत जनवरी २५ मा रिलिज भएको उक्त सिनेमा अहिले पनि सिनेमा हलहरू चलिरहेकाे छ ।

उक्त सिनेमा शाहरुखका साथमा दीपिका पादुकोण, जोन अब्राहमलगायतको अभिनय देख्न पाइन्छ । करिब ४ वर्ष पछि ठुलो पर्दामा आएका शाहरुखले आफूलाई बलिउड बादशाह पुष्टि गरेको बलिउड समीक्षकहरूले बताउन थालेका छन् ।