जनयुद्ध दिवसको अवसरमा फुटबल प्रतियोगिता सुरु, मन्त्री केसीद्धारा उद्धघाटन

नेपालगन्ज, बाँकेको नेपालगन्जमा जनयुद्ध दिवसको अवसरमा फुटबल प्रतियोगिताको सुरु भएको छ ।

नेकपा माओवादी केन्द्र निकटको युवा सङ्गठन वाइसीएल बाँकेले २८औं जनयुद्ध दिवसको अवसरमा आयोजनामा फुटबल प्रतियोगिताको आयोजना गरेको हो ।

उक्त प्रतियोगिताको आईतबार लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री कृष्णा केसी (नमुना) ले उद्घाटन गर्नु भएको हो ।

उद्धघाटन कार्यक्रममा बोल्दैँ मन्त्री केसीले तीनै तहका सरकार बिच समन्वय र सहकार्य अहिलेको प्रमुख आवश्यकता भएको बताउनुभयो । उहाँले स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो ।