‘भ्यालेन्टाइन डे’ सँग जोडिएका केही रोचक तथ्यहरु

काठमाडौं, भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस प्रेमजोडीहरुका लागि निकै महत्वपूर्ण दिन हो । जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने मनसाय बनाएका हरुका लागि पनि प्रणय दिवसलाई निकै उत्तम साइतको रुपमा लिइन्छ ।

पश्चिमा देशहरुबाट सुरु भएको प्रणय दिवस मनाउने चलन अहिले हामीकहाँ पनि निकैँ झाँगिएको पाइन्छ । भ्यालेन्टाइन डे आफैमा एक रोमान्टिक दिन हो र यो प्रेममय दिन हो । यो प्रणय दिवस सँग विभिन्न खाले कथा तथा इतिहास जोडिएका छन् र यस विषयमा विभिन्न खाले तथ्यहरु पनि छन् । कतिपय तथ्यहरु हामीले नसुनेका पनि हुनसक्छौँ र सुन्दमै रोचक लाग्दछ ।

तपाइँलाई थाहा छैन होला, नाटककार शेक्सपियरको चर्चित लभस्टोरी रोमियो एण्ड जुलिएटकी नायिका जुलियटको  घरमा हरेक वर्ष भ्यालेन्टाइन डे को दिन हजरौँ चिठीहरु पठाइन्छन् । इटालीको भ्यारोनामा जुलियटको काल्पनिक गाउँ छ । दुनिया भरबाट यो गाउँमा जुलियटलाई सम्बोधन गरी प्रेमपत्रहरु आउँदछन् ।

· भ्यालेन्टाइन डे को दिन विश्वमा औषतमा २ लाख २० हजार जना मानिसले आफ्नो पार्टनरलाई बिहेको प्रस्ताव गर्दछन् । प्रेमको प्रस्ताव गर्नेहरुको संख्याको त गणना नै छैन ।

· भ्यालेन्टाइन डे को दिन विश्वमा १ अर्ब कार्ड आदानप्रदान हुन्छन् । क्रिसमस तथा अंग्रेजी नयाँ वर्ष पछि सबैभन्दा बढि कार्ड आदानप्रदान हुने दिन यहीँ हो ।

· भ्यालेन्टाइन डे को दिन अमेरिकामा मात्रै एक अर्ब डलर बराबरको चकलेट खरीद बिक्रि हुन्छ । यो दिन मुटु आकारको साढे ३ करोड चकलेट बक्स बिक्रि हुन्छन् ।

·  भ्यालेन्टाइन डे को दिन अमेरिकामा मात्रै १९ करोड बराबरको गुलाबको फूल किनबेच हुन्छ ।

·  गुलाबको फूललाई इटालीको रोममा प्रेमको देवीको मनपर्ने फूल पनि भनिन्छ ।

· भ्यालेन्टाइन डे मा गुलाब खरीद गर्नेमा सयमा ७३ प्रतिशत पुरुष हुन्छन् । त्यस्तै अन्य भ्यालेन्टाइन गिफ्ट खरीद गर्नेमा सयमा ८५ जना महिला हुन्छन् ।