रङ्गरोगनपश्चात् चिटिक्क परेको पाल्पाको रानीमहल दरबार

रङ्गरोगनपश्चात् चिटिक्क परेको पाल्पाको रानीमहल दरबार । कालीगण्डकी नदीको चट्टानमाथि बनेको यो दरबारलाई नेपालकै ताजमहलका नामले चिनिन्छ । पछिल्लो समय रानीमहलमा पर्यटक आउने क्रम बढेको छ ।

तत्कालिन जनरल खड्ग शमशेरले आफ्नी रानी तेजकुमारीको सम्झनामा कालीगण्डकीको तटमै जग हालेर रानीमहल दरबार बनाएको इतिहाँस छ । सोहि अनुरुप यो दरबार रानीमहल दरबारको नामले परिचित रहेको हो । दरबारको एकातर्फ बुर्जाको जग कालीगण्डकी नदीमा नै रहेको र महलभित्र पानीपोखरी, मन्दिर, बगैंचा समेत रहेका छन् ।

५६ फिट चौडाई, १ सय १२ फिट उचाई भएको चारतले भवन १९४९ बाट निर्माण शुरु गरी १९५४ मा सम्पन्न गरेका थिए । महल जीर्ण भएपछि २०७२ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पुरातत्व विभागले २ करोड ७२ लाख ३७ हजार २ सय ४७ रुपैयाँ लागतमा रानीमहलको पुनर्निर्माण गरेको थियो । तस्वीर : सुशीला रेग्मी / रासस