नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) जाजरकोटले बुझायो ८ बुदेँ ज्ञापनपत्र

काठमाडौं, नेकपा बहुमत निकट अखिल (क्रान्तिकारी) जाजरकोटले आईतबार शिक्षा बिकाश तथा समन्वय ईकाइ कार्यलय जाजरकोटलाई आठ बुदेँ ज्ञापनपत्र बुझाएको छ ।

सरकारी तथा निजि शिक्षण संस्थाहरुमा भईरहेकाे अनियमितता, चर्काे शुल्क लगायत राजनीति दलका नेता, जनप्रतिनिधी, संसद र मन्त्री हरुले निजि शिक्षण संस्थामा लगानी गरिरहेकाले याे कार्य बन्द गर्न र संगठनले बिगतमा भन्दै आइरहेको मागहरु यथाशीघ्र लागू गर्न संगठनका अध्यक्ष बिशाल सिंहद्वारा हस्ताक्षर ज्ञापनपत्रमा भनियकाे छ ।

त्यस्तै समसामयिक शैक्षिक विषयलाई समेटेर भेरी नगरपालिकाको शिक्षा शाखामा समेत संङ्गठनले ज्ञापनपत्र बुझाएको छ ।