डुङ्गेश्वर गाउँपालिकाको टाकुरी खोलामा झोलुङ्गे पुल निर्माण

बर्षौ देखी प्रतीक्षा गरिरहेका स्थानिय जनता हर्षित

दैलेख, दैलेखको डुङ्गेश्वर गाउँपालिका- ३ हनेटा खोलको झोलुङ्गे पुल निर्माण कार्य सम्पन्न भएको छ ।डुङ्गेश्वर गाउँपालिकाको पुर्बि ग्रामिण भेगको विकट ठाउँमा पर्ने उक्त खोलामा बर्षौ देखी झोलुङ्गे पुल नहुदा स्थानिय जनताले सास्ति बेहोर्नु परेको थियो । हाल झोलुङ्गे पुल निर्माण कार्य सम्पन्न हुँदा स्थानीय जनता खुषी भएका छन् ।

‘करिब बर्ष दिन पहिले कुसे न्युजमा कहिले बन्ला हनेटा टाकुरी खोलाको त्यो झोलुङ्गे पुल ? बर्षौ देखि प्रतिक्षामा स्थानीय जनता, जनप्रतिनिधि भने मौन’ शिर्षकमा समाचार प्रकाशित भएको थियो । त्यस पश्चात् स्थानीय व्यापक दवाव पश्चात् कर्णाली प्रदेश सरकारले पुल निर्माणको लागि बजेट बिनियोजन गरेको थियो ।

उक्त पुल निर्माणको लागी कर्णाली प्रदेश, भौतिक पुर्वाधार मन्त्रालयले ४१ लाख सहयोगमा उक्त पुल निर्माण सम्पन्न भएको बुझिएको छ ।

डुङ्गेश्वर गाउँपालिकाको पुर्बि ग्रामिण भेगको विकट ठाउँमा पर्ने त्यस क्षेत्रका जनतालाई ढुक्क संग नदी ओहोरदोहर गर्न मिल्ने गतिलो पुल बेनको थिएन ।

करिव २५ बर्ष देखी उक्त खोलामा कामचलाउँ रुपमा बनाइएको काठको पुलमा ज्यानको बाजि थापेरै ओहोरदोहोर गर्नु पर्ने स्थानीएको बाध्यता थियो । पुल बनेपछी स्थानीय जनतालाई राहत भएको डुङ्गेश्वर गाउँपालिका-३ का स्थानिय जय बहादुर केसीले जानकारी दिनुभयो ।