चिकित्सा शिक्षा आयोगमा विरोध प्रदर्शन

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) द्वारा विभिन्न मागहरु राखेर चिकित्सा शिक्षा आयोगका विरुद्ध विरोध प्रदर्शन गरिएको छ ।

क्रान्तिकारीले चिकित्सा शिक्षा आयोगमा विभिन्न मागहरू राखेर एकहप्ते अल्टिमेटम सहित पुष २३ गते मागपत्र बुझाएको थियो । चिकित्सा शिक्षा आयोगले सुनवाई नगरेपछी माघ ६ गते चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीको कार्यकक्षमा अनिश्चितकालिन तालाबन्दी गरेको थियो ।

चिकित्सा शिक्षा आयोगले पटकपटकको मागलाई वेवस्था गर्दैं अटेरी गरेको भन्दै क्रान्तिकारीद्धारा चिकित्सा शिक्षा आयोगको गेटमा विरोध प्रदर्शन गरिएको छ । विरोध प्रदर्शन संगठनका महासचिव रुपाबुढा मगर, उपाध्यक्ष विरेन्द्र शाह लगयातका नेताहरुको उपस्थिति रहेको थियो । विरोध प्रदर्शनमा बोल्दै संगठनका उपाध्यक्ष विरेन्द्र शाहले चिकित्सा शिक्षा आयोगको बदमासीका विरुद्धमा जस्तोसुकै संघर्ष गर्न तयार रहेको बताएका थिए । श्रीकृष्ण गिरीले चिकित्सा शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई विदेश पठाएर विदेशी मेडिकल शिक्षाको एजेण्टको काम गरेको भनेर कडा विरोध गरेका छ्न । चिकित्सा शिक्षा आयोगका विरुद्धको आन्दोलन माग पुरा नहुन्जेल जारी राख्नेबताएका छ्न ।