अखिल (क्रान्तिकारी) जाजरकोटको सम्मेलन सम्पन्न, अध्यक्षमा बिशाल सिंह

जाजरकोट, नेकपा (बहुमत) को भातृ सङ्गठन अखिल (क्रान्तिकारी) जाजरकोट जिल्लाको २१ औं जिल्ला सम्मेलन सम्पन्न भएको छ ।‘दलाल संसदिय ब्यबस्था र बर्तमान शिक्षा प्रणालिकाे विकल्प हाम्राे आन्दाेलन, आमूल परिवर्तन र बैज्ञानिक शिक्षा प्राप्तिकाे लागि २१ औं जिल्ला सम्मेलन’ भन्ने मुल नारा सहित जाजरकोटको नलगाड नगरपालिका वडा नं. ७ डल्लीमा शुक्रबार सम्पन्न २१ औं जिल्ला सम्मेलनबाट अध्यक्षमा विशाल सिंह चयन भएका छन् । जसको उपाध्यक्ष. शान्त बिक र प्रेम केसी, सचिब टपेन कार्की, सहसचिव विपना सिंह, कोषाध्यक्ष एकता आचार्य नेतृत्वको २९ सदस्य जिल्ला समिती चयन गरिएको हो ।सङ्गठनका केन्द्रीय अध्यक्ष मिलन राईको प्रमुख आथित्व, नेकपा (बहुमत) का सचिवालय सदस्य तथा कर्णाली ब्युरो इन्चार्ज संगम आरसीको विशिष्ट आथित्वमा सम्मेलन सम्पन्न भएको थियो ।त्यस्तै अन्य अथितीहरुमा अखिल (क्रान्तिकारी) का केन्द्रीय कोषाध्यक्ष दिपक बिष्ट, केन्द्रीय सचिवालय सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज डिबि शाही, नेकपा (बहुमत) का केन्द्रीय सदस्य तथा जाजरकोट इन्चार्ज प्रेम प्रकाश वली ‘धमिल’, जिल्ला संयोजक महान, जिल्ला सचिवालय सदस्य हिमाल, अखिल (क्रान्तिकारी) संस्थापक जाजरकोट जिल्ला अध्यक्ष राजेन्द्र बिक्रम शाह, पुर्ब जिल्ला अध्यक्ष नैन बहादुर राना, पत्रकार कालि बहादुर नेपाली लगायतको उपस्थिती रहेको थियो ।