अखिल क्रान्तिकारी जाजरकोटको २१ औं सम्मेलन माघ ६ गते

जाजरकोट, नेकपा (बहुमत) निकट बिध्यार्थी सङ्गठन अनेरास्ववियू (क्रान्तिकारी) जाजरकोटको जिल्ला सम्मेलन हुने भएको छ।‘दलाल संसदिय व्यवस्था र वर्तमान शिक्षा प्रणालिका बिरुद्ध हाम्रो आन्दोलन’ आमूल परिवर्तन र बैज्ञानिक शिक्षा प्राप्तिको लागि २१ औ जिल्ला सम्मेलन’ भन्ने मुल नाराका साथ आउदो माघ ६ गते जिल्ला सम्मेलन हुन लागेको हो।

सम्मेलनको लागि तयारी तिव्र रुपमा भैरहेको र लगभग सम्पुर्ण तयारी पूरा भैसकेको आयोजक समिती सदस्य शुनिल सिँहले जानकारी गराए । नलगाड ७ दल्लिमा हुने सम्मेलनमा सङ्गठनका केन्द्रिय अध्यक्ष मिलन राईद्वारा उदघाटन हुने सम्मेलनमा हजारौ बिध्यार्थिको उपस्थिति गराउने तयारी गरिएको छ।

साथै जिल्लाका विभिन्न ठाउँमा प्रचारलाई तिव्र बनाउने उद्देश्यले स्वागत ब्यानर समेत टागेर रङ्गिन बनाइएको छ। जिल्लामा रहेका सम्पुर्ण बिध्यालयमा सङ्गठन निर्माण, पुनःनिर्माण, पुरानो कमिटिको बैठक गर्दै सङ्गठन सुदृढीकरण कार्य धमाधम भैरहेका छ।

संगठन जिल्ला सम्मेलन आयोजक समिती संयोजक तिलक विष्टले जिल्ला भित्र रहेको शैक्षिक विकृती र वर्तमान पुजिवादी शिक्षा प्रणालीको शसक्त भण्डाफोर गर्दै समाजवादी शिक्षा प्रणालि प्राप्तिको लागि संघर्ष गर्नको लागि २१ औं जिल्ला सम्मेलनले बलियो जिल्ला समिती निर्माण गर्न लागेकोले सम्पुर्ण वामपन्थी, प्रगतिशील, देशभक्त, क्रान्तिकारी र परिवर्तनका पक्षधर आम बिध्यार्थिलाइ उपस्थितिको लागि आमन्त्रण समेत गरेका छन।