प्राज्ना र हनी पहिलो

काठमाडौं, नेपालकी प्राज्ना मानन्धर र भारतकी हनी जुमानी गौरवको जोडी २० औं जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– २ को गल्र्स डबल्समा शुक्रबार पहिलो भएका छन् ।सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा प्राज्ना र हनीको जोडीले नेपालकी स्वस्तिका विष्ट र भारतकी सान्भी रेडी भुनद्यालाको जोडीलाई ६–४ र ६–३ को सोझो सेटमा पराजित गरे ।

मन जयकर टेनिस एकेडेमीको आयोजनामा भइरहेको प्रतियोगिताको ब्वाइज डबल्समा हङकङका कि छियोङ मोरिस ताङ र वान हिम दोनोभन यिमको जोडीले शीर्ष स्थान कब्जा गरे । उक्त जोडीले फाइनलमा भारतका सिद्धार्थ जिबु र भिभान मिर्धाको जोडीलाई ७–५ र ६–३ को सोझो सेटमा हराए ।

प्रतियोगिताको अन्तिम दिन शनिबार ब्वाइज-गल्र्स सिंगल्सको फाइनल हुनेछ । ब्वाइजमा नेपालका राजवीर प्रधान र हङकङका ताङ भिड्ने छन् । गल्र्सको पहिलो स्थानका लागि भारतकी सराह चौधरीले आफ्नै राष्ट्रकी तनिसा भत्नागरसंग प्रतिस्पर्धा गर्ने छिन् ।