कोहलपुर मेडिकल कलेजको बेथिति बिरुद्ध ‘बहुमत’ को प्रदर्शन (तस्विर सहित)

समस्या समाधान नगरिए कठोर कदम चाल्ने चेतावनी

कोहलपुर, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बेथिति बढेको भन्दैँ धर्मेन्द्र बास्तोला ‘कन्चन’ नेतृत्वको नेकपा (बहुमत)ले संघर्ष सुरु गरेको छ ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालले चार महिना देखी डाइलसिस सेवा बन्द गरेर मिर्गौलाका बिरामीको जिवनमाथी खेलबाड गरेको भन्दैँ प्रारम्भिक संघर्षको कार्यक्रम अन्तर्गत मंगलबार अस्पताल परिसरमा पुगेर बहुमतले बिरोध प्रदर्शन गरेको हो ।

उक्त बिरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दैँ नेकपा (बहुमत) का केन्द्रीय सदस्य तथा बाँके र बर्दिया जिल्ला इन्चार्ज प्रेम बहादुर चलाउने ‘अनन्त’ ले मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले जनताको उपचार गर्ने नाममा ब्रमलुट गरिरहेको आरोप लगाए ।

उनले शिक्षा र स्वास्थ जस्तो जनताको प्रत्येक्ष जीवन संग जोडिएको अतिआवश्यक तथा संबेदनसिल क्षेत्रमा चरम व्यापारिकरण बढ्नु र त्यसमा सरोकारवाला निकाय टुलुटुलु हेरेर मुखदर्शक बन्नु राज्य सरकारको नालायकिपन र असफलता भएको समेर आरोप लगाए । साथै उनले यो हुनुको प्रमुख कारण अहिलेको दलाल संसदीय पुजीवादी व्यवस्थाद्धारा निर्देशित संसदीय प्रणाली र यसका सन्चालकहरु भएको बताउँदै जनताको तहबाट वर्तमान व्यवस्था परिवर्तनको अभियानमा सहभागी बन्न अपिल गरे ।

मेडिकल कलेजमा बिगत चार महिना देखी डायलसिस सेवा बन्द गरेर विरामीको जिवनमाथि गम्भीर खेलबाड गरेको, आइसियु वार्डमा विशेषज्ञ डक्टर नराखी पढदैँ गरेका सिकारु डक्टर तथा नर्सको भरमा सन्चालन गरेर एकातिर आर्थिक भार त अर्कोतिर बिरामीको जनताको स्वास्थ्य माथि गम्भीर खेलबाड गरेको, हाडजोर्नी बिभागमा ‘रड’को अवैधानिक तस्करी हुनुका साथै बिना भ्याट बिल वा कैयौँ गुणा महङ्गो मुल्यमा अवैधानिक विक्रिवितरण भइरहेको, कर्मचारीहरुको महिनौ देखीको पारिश्रमिक नदिएर श्रमशोषण गरेको, एमबिबिएस तथा नर्सिङ पढने विद्यार्थीबाट विभिन्न बाहानमा शुल्क उठाएर लुट्ने, अस्पताल भित्र वा बाहिरका फार्मेसी सन्चालक र अस्पतालका चिकित्सक तथा कर्मचारीको मिलेमतोमा मङ्गोमा औषधी बेच्नुका साथै फार्मेसीमा सिण्डिकेट गरेर बिरामीलाई लुट्ने गरेको, इमर्जेन्सी बिभाग लगायतका अस्पतालका विभिन्न बिभागमा सेवामा ढिलासुस्ति र लापरबाही गर्ने गरेकोले अस्पताल बिरुद्ध संघर्ष सुरुवात गर्नुपरेको नेकपा (बहुमत) का केन्द्रीय सदस्य तथा बाँके जिल्ला संयोजक कृष्ण शाह ‘परिवर्तन’ ले जानकारी दिए ।

उनले जनताको जीवन संग जोडिएका गम्भीर समस्याको बारेमा अस्पताल प्रशासनले ध्यान नदिए अस्तपतालका बिरुद्ध आफ्नो पार्टीले कठोर संघर्ष गर्ने समेत बताए ।

पछिल्लो समय अस्पतालको लापरबाहीका कारण डायलसिस गर्न नपाएर बिगत चार महिना यता मात्र ३३ जनाले ज्यान गुमाउनुपरेका समाचारहरु हिजो सोमबार मात्र विभिन्न अनलाइन पत्रपत्रिकाहरु सार्वजनिक भएका थिए ।