बाँके क्षेत्र नं. १(ख) मा दुर्गाप्रसाद चौधरी निर्वाचित

नेपालगन्ज, बाँके क्षेत्र नं. १(ख) प्रदेशसभा सदस्यमा नेकपा एमालेका दुर्गा प्रसाद चौधरी बिजयी भएका छन् ।

उनले निकटतम प्रतिस्पर्धी गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार फुलाराम चौधरीलाई ८ सय ७७ मतको अन्तरले पराजित गरेका हुन् ।

उनले १५ हजार ६ सय ५७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी फुलारामले १४ हजार ७ सय ८० मत ल्याएका छन् ।

यस्तै नागरिक उन्मुक्ती पार्टीका भुमबहादुर भण्डारीले ५ हजार २ सय ८५ मत, स्वतन्त्र उम्मेदवार अमरजंग शाहले २ हजार ९६ मत, नेपाल मजदुर किसान पार्टीका हिराबहादुर शाहिले ५ सय ३७ मत ल्याएका छन् । उक्त प्रदेश सभा क्षेत्रमा कुल ६५ हजार २ सय ५५ मतदाता रहेका थिए ।

हाल एमालेबाट प्रदेशसभा सदस्यमा निर्वाचित चौधरी नेकपा माओबादीले सुरु गरेको दशबर्षे जनयुद्धका प्रभावसाली कमाण्डर मध्यका एक हुन् ।