मोहम्मद इश्तियाक राई ‘ह्याट्रिक’ को तयारीमा

मंशिर ४ मा जनताद्धारा अनुमोदन हुने दावी

नेपालगन्ज, मंशिर ४ गते भईरको निर्वाचनमा प्रतिनिधि सभा तर्फ बाँके २ मा उम्मेदवार रहेका मोहम्मद इश्तियाक राई तेस्रो पटक संसद छिर्ने दौडमा छन् । यसअघी २ पटक संसद र पटकपटक मन्त्री भइसकेका राई योपटक पनि आफू निर्वाचित हुने दाबी गरिरहेका छन्।यो पटकको निर्वाचनमा उनको राप्रपाका केन्द्रीय महामन्त्री समेत रहेका नेपालगन्ज उपमहानगरपालिकाका निवर्तमान मेयर डा. धबल राणा संग कडा प्रतिस्पर्धा हुने देखिएको छ । राणालाई नेकपा एमालेको समेत साथ रहेको छ ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीका प्रभावसाली युवा नेता तथा निर्वतमान भौतिक पुर्वाधार तथा यातायात मन्त्री समेत रहेका राई बाँके-२ का जनताको विकासको चाहना पूरा आफ्नो गन्तब्य भएकोले मंशिर चार गतेको निर्वाचनमा जनताले आफुलाई नै अनुमोदन गर्ने दाबी गर्छन् ।

उनले आफु निर्वाचित भएपछी गर्ने नितिगतरूपमा गर्न सक्ने कामकुरु जनतामाझ ’१० दृष्टि’ मार्फत आफ्ना भावी योजनाहरू जनतामाझ प्रस्तुत गरिसकेको बताउछन् ।

भेरी अस्पतालमा दीर्घरोगीहरूका लागि विशेषज्ञसहितको छुट्टै युनिट, जमुनाह-हिल्सा सडक योजनालाई कार्यान्वयनमा लैजान पहल गर्ने, कम्तीमा ५ विद्यालय र ५ स्वास्थ्य संस्थालाई नमूना बनाउने, नितिगत सुधार ल्याउने, व्यवसायीक सुरक्षा, महेन्द्र बहुमुखी क्याम्पसको भवनका साथै शैक्षिक कार्यक्रममा सुधार लगायत आफ्ना प्राथमिकता रहेको बताए ।

साथै उनले यसबाहेकका अन्य थुप्रै प्रभावकारी योजना तथा अठोटहरू मतदातालाई लेखेरै दिएको बताउदैँ उक्त दस्तावेज सुरक्षित राख्न र अठोट पूरा गर्न नसकेमा आफुलाई निर्धक्क संग प्रश्न गर्न समेत आफ्ना मतदातालाई आग्रह गरेका छन् ।