प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको लागि तयारी पुरा

१० हजार ८९२ मतदानस्थल, १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता

काठमाडौं,  निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा २०७९ को तयारी पुरा भएको जनाएको छ । आज पत्रकार सम्मेलन गर्दै   मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा २०७९ को तयारी पुरा भएको जनाएको हाे । १० हजार ८९२ मतदान स्थल रहेको र २२ हजार २२७ मतदान केन्द्रमा मताधिकारहरु कुल १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले जनाएको छ । प्रतिनिधि सभा सदस्यमा २ हजार ४१२ जना उम्मेदवार रहेको छ भने सामानुपातीक तर्फ २ हजार १९९ उम्मेदवारलाई अन्तीम बन्द सुचीमा कायम राखेको हो ।

यस्तै प्रदेश सभाका लागी पहिलो हुने निर्वाचीत हुने निर्वाचनका लागी ३ हजार २२४ उम्मेदवार रहेको र सामानुपातीक तर्फ ३ हजार ७०८ जना अन्तीम बन्दसुचीमा कायम गरीएको आयोगले जनाएको छ । आसन्न निर्वाचनको पहिलो हुने निर्वाचीत प्रणालीको प्रतिनिधि सभा तथा प्रदेश सभा को ५ हजार ६३६ उम्मेदवार चुनावी प्रतिसपर्धामा रहेको र सामानुपातीक निर्वाचन प्रणाली तर्फ ५ हजार ९०७ अन्तीम बन्द सुचीमा कायम गरीएको आयोगले जनाएकाे हो ।

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचीत हुने निर्वाचनका लागी ४ करोड ६ लाख ५ हजार मतपत्र र सामानुपातिक तर्फ ३ करोड ९८ लाख १६ हजार ५०० मतपत्र छपाई गरी ढुवानी गरीसकेको छ । पर्यवेक्षणद्वारा निर्वाचनको विसवस्नीयतालाई अभिवृद्धि गर्न ४४ वाटा संस्थाका ७ हजार २०७ जना र दुइवटा अन्तराष्ट्रिय संस्थाबाट १२ जना गरी ७ हजार २१९ जनाले पर्यवेक्षण गर्ने अनुमती लिएको र भारत, भुटान, माल्दिभ्स, श्रीलंका र दक्षीण कोरीयाका प्रम्ख आयुक्तका टोलीले पर्यवेक्षण गर्ने भएको छ । साथै १८ वटा कुटनैतिक नियोगका नेपालका समुहले समेत मतदानको दिन अवलोकन गर्ने व्यवस्था मिलाएको प्रवक्त थलियाले जानकारी दिए ।

मतपत्र, निर्वाचन सामग्री र २ लाख ४६ हजार जना कर्मचारी, आवस्यक्ता अनुसारको सुरक्षकर्मी मतदमन स्थलमा पुगीसकेको छ । साथै निर्वाचन अधिकृतद्वारा बैठक बस्ने, मतदान क्षेत्र तोक्ने, सुचनाहरु प्रकाशीत गर्ने, मादकपदार्थ वा हाथहतियार बोक्न नदिने लगायतका विषयहरुमा आवस्यक छलफल गर्नेछन् ।

सामाजीक सञ्जालबाट कुनै किसीमको गलत मित्थ्या सुचना प्रवाहबाट निर्वाचन आयोग प्रभावीत हुनबाट आयोग सचेत रहेको प्रवक्तको भनाई छ । निर्वाचन सुरक्षा जोखीमका आधारमाहरुलाइ आवस्यक्ता अनुसारका सुरक्ष गस्ती र सम्पन्न घुम्ती टोली परिचालन गरेको प्रवक्ता थपलियाले जानकारी दिए ।