विप्लव नेकपाका जिल्ला नेता सहित २० जना नेकपा बहुमतमा प्रवेश

धनगडी, नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला नेता सहित २० जना धर्मेन्द्र बास्तोला ‘कन्चन’ नेतृत्वको नेकपा (बहुमत) मा प्रवेश गरेका छन् ।

शुक्रबार एक औपचारिक पार्टी प्रवेश कार्यक्रमका बिचमा विप्लव नेकपाका कैलाली जिल्ला सदस्य सारदा अधिकारी र कटक थापा, पान्सरा बिक लगायत २० जना जिल्ला स्तरिय नेता बास्तोला नेतृत्वको नेकपा (बहुमत) मा प्रवेश भएका हुन् ।

नेकपा (बहुमत) प्रवेश गर्नेहरुमा विप्लव नेतृत्वको नेकपा सहित, माओबादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाली कांग्रेस, राप्रपा, नेकपा समाजवादी केन्द्र लगायतका नेता तथा कार्यकर्ता छन् ।

नवप्रवेशीहरुलाई नेकपा (बहुमत) का सेती महाकाली ब्युरो इन्चार्ज महानले अबिर लगाएर स्वागत गरेका छन् । उक्त कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा कैलाली इन्चार्ज शेर बहादुर देउवा, जिल्ला संयोजक प्रकाश रावल लगायतका नेता कार्यकर्ता सहभागी भएका छन् ।

तत्कालीन समयमा विप्लव-प्रकाण्ड लगायतका केही नेताहरुले स्थानीय निकायको निर्वाचन प्रयोग गर्ने नाममा संसदीय प्रणाली शैदान्तिक र राजनीतिक रुपले स्विकार गरेको भन्दैँ धर्मेन्द्र बास्तोला ‘कन्चन’ को नेतृत्वमा हेमन्त प्रकाश वली ‘शुदर्शन’, उदय बहादुर चलाउने ‘दिपक’ लगायतका नेताहरुले नेपाल कम्युनिस्ट पार्टी (बहुमत) पुर्नगठन गरेका थिए । त्यसयता विप्लव नेकपाका प्रभासाली नेता ओमप्रकाश पुन, पुर्व सभाससद संकर खड्का, केन्द्रीय सदस्य अग्नी धामी, युवा संगठनका महासचिव सावित्री अधिकारी ‘बिदुशी’ सहितका नेताहरुद्धारा उक्त पाटी परित्याग गर्दैँ अन्य विभिन्न राजनीति दलमा आबद्ध हुने क्रम बढिरहेको छ ।