राष्ट्रिय क्रिकेट टिमको कप्तानमा रोहित

काठमाडौं, राष्ट्रिय क्रिकेट टिमको कप्तानमा रोहितकुमार पौडेल नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले पौडेललाई शुक्रबार राष्ट्रिय क्रिकेट टिमको कप्तान नियुक्त गरेको हो ।

राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेमाथि बलात्कार आरोपमा मुद्दा चलिरहेका बेला रोहितलाई क्यानले कप्तानको जिम्मेवारी दिएको छ ।

रोहितले नेपालका लागि २५ वटा एकदिवसीय खेल खेल्दै ८०८ रन बनाएका छन् । रोहितको एक दिवसीय क्रिकेटमा एक शतक र पाँच अर्धशतक छ । त्यस्तै उनले २१ एक दिवसीय खेल खेल्दै ३७६ रन बनाएका छन् भने टी–ट्वान्टी अन्तर्राष्ट्रियमा एक अर्धशतक बनाएका छन् । लिस्ट ‘ए मा भने उनले ४० खेल खेल्दै एक हजार ४८ रन बनाएका छन् ।