आर्चरी : स्ट्याण्डर्ड महिला टिममा सेनालाई स्वर्ण

पोखरा, नवौं राष्ट्रिय खेलकुद अन्तरगत पोखराको आर्चरी मैदामा भएको प्रतिस्पर्धाम स्ट्याण्डर्ड महिला टिम इभेन्टमा नेपाली सेनाले स्वर्ण जितेको छ ।सेनाका सरद बि.क., तुल्सी थापा, सारु तामाङ र खड्ग कुमारी थापा मगर सम्मिलित टिमले सेनालाई स्वर्ण दिलाएका हुन् । प्रदेश १ ले रजत र गण्डकी प्रदेशले कास्य पाए ।

पुरुष तर्फ सोही विधामा गण्डकीले स्वर्ण हात पारेको छ । गण्डकीको दुर्गा घर्ती मगर, खड्ग घर्ती, रज्नु पुन र कृष्ण भण्डारीको टिमले सुदूरपश्चिम प्रदेशलाई पछि पार्दै स्वर्ण जितेका हुन् । सुदूरले रजत र नेपाल पुलिसले कास्य पदक प्राप्त ग¥यो ।

स्ट्याण्डर्ड मिक्स टिममा पनि सेनाले स्वर्ण जित्यो । सेनाका प्रदिप सुनुवार र शारदा वि.क.को जोडीले सेनाका लागि आर्चरीमा अर्को स्वर्ण जितेका हुन् । यस विधामा गण्डकीले रजत जित्दा एपिएफले कास्य पायो ।