यो देशको बारेमा चिन्तित भएर

यो देशको बारेमा चिन्तित भएर सोच्दछु मैले !
मेरो मुलुकको बारेमा कथा लेख्दै गरेको छु मैले !!

सारा विश्वमा शान्तिको सन्देशको ज्योति फैलाउनु छ !
एकताको भावलाई अघि बढाउने बाटोमा हिँडनु छ !!

गौरवशाली देश हाम्रो नेपालको बारेमा केहि लेख्नु छ !
देशको मुहार फेर्नलाई आफ्नो कर्तव्यको पालना गर्नु छ !!

शान्ति र सदभावको ज्योति गाउँ गाउँमा फैलाउनु छ !
आज सिंगो देश बनाउने देशभक्तको खाचो छ !!

ठेगाना :- दिपायल सिलगढी न.पा. २ दिपायल डोटी