सिटिइभिटी उपाध्यक्ष र सदस्य सचिवको कार्यकक्षमा तालाबन्दी

काठमाडौं, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद ‘सिटिइभीटी’ उपाध्यक्ष र सदस्य सचिव सहितको कार्यकक्षमा तालाबन्दी गरिएको छ ।नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदका उपाध्यक्ष खगेन्द्र भट्टराई र सदस्य सचिव जीव नरायण काफ्लेको कार्यकक्ष सहित स्तर उन्नती शाखामा समेत बुधवार तालाबन्दी गरेको हो ।

संगठनको तर्फबाट सिटिइभिटीलाई बुझाईएको आठ बुदे मागपत्रको बारेमा सुनवाई नगरेको, वर्ष दिब भैसक्दा समेत परिक्षाफल प्रकाशित नगरेको, स्तर उन्नतिका नाममा आर्थिक चलखेलका आधारमा ४१ ओटा कलेजमा Program Extension गरेकोले, पछिल्लो समय वैधानिक भ्रष्टाचारको केन्द्रको रुपमा स्थापित भएकोले तालाबन्दी गरिएको सङ्गठनका केन्द्रीय सचिब तथा विश्वविद्यालय-सिटिइभिटी विशेष क्षेत्र इन्चार्ज नवराज भट्टले जानकारी दिए ।

त्यस्तै छात्रवृत्तिमा व्यापक अनियमितता र अपारदर्शीता भएकोले, मनपरि वितरण गरिएका छोटो अवधिका तालिम कार्यक्रमहरुमा देखिएका समस्या प्रति उदाशिन, मापदण्ड बिहिन कलेजहरु नियमन गर्नुको साटो मिलेमतोमा सन्चालन, संगठन संग बिगतमा भएका सम्झौता अक्षरस: कार्यान्वयन नगरिएको कारण तालाबन्दी गरिएको समेत उनले जानकारी दिए । उनले सरोकारवाला निकाय सिटिइभिटी विद्यार्थी संग सम्बन्धित विभिन्न मागहरु प्रति गम्भीर नबनेमा संगठन कठोर संघर्षमा जान बाध्य हुने समेत चेतावनी दिए ।