बिरेन्द्र शाहको ‘फर्कि आऊ साईला दाई’ बोलको गित सार्वजनिक

काठमाडौं, गितकार बिरेन्द्र शाहको शब्द रचनामा रहेको राष्ट्रभक्ती गित ‘फर्कि आऊ साईला दाई घरदेशैमा’ बोलको अडियो गित बजारमा सार्वजनिक भएको छ ।

गायक किशोर बिकको स्वर, आरोह नेपालीको संगित र बिरेन्द्र शाहको शब्द रहेको गित फर्कि आउ साईलादाई घरदेशैमा बिरानो बिरानो भयो गाउँ तिमी परदेशैमा भन्ने गित आरोह नेपाली नामक युटुव च्यानलबाट सार्वजनिक भएको हो ।

शब्द रचनाकार शाह विद्यार्थी नेता तथा नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) केन्द्रीय उपाध्यक्ष समेत हुन् । उनी प्रगतिशील गित सहित कवित, गजल, लेखहरु मार्फत राष्ट्रियताको पक्षमा तथा देश र समाजभित्रका अन्याय, अत्याचार र व्यथितीका विरुद्धमा आफ्ना विचारहरु सप्रेसण गर्ने गरेका छन् ।

देशको अस्थिर समग्र राजनिती व्यवस्था र नेतृत्वको कारण नेपालका लाखौँ युवाहरु विदेशीनु बाध्य भएका युवाहरुको पिडाको यथार्थ र तिनै युवाहरुलाई आफ्नो देशमा फर्किएर देशलाई आमुल रुपान्तरण गर्ने अभियानमा सरिक हुन गित मार्फत आह्वान गरिएको छ । गितको भिडियो समेत छिट्टै नै बजारमा आउने शाहले जानकारी दिए ।

यस्तो छ गित :