अनेरास्ववियू (क्रान्तिकारी) कास्कीको अध्यक्षमा कमला परियार

पोखरा, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अनेरास्ववियू (क्रान्तिकारी) कास्कीको अध्यक्षमा कमला परियार निर्वाचित भएकी छन् ।

सङ्गठनको शनिबार सम्पन्न २४ औँ जिल्ला सम्मेलनले कमल परियारको नेतृतवमा ३५ सदस्य जिल्ला समिती निर्वाचित गरेको हो ।

सङ्गठनका केन्द्रिय उपाध्यक्ष बिरेन्द्र शाहको बिशेष उपस्थिती रहेको सम्मेलन भव्य जुलुस सहित शुक्रबार उदघाटन भएको थियो भन शनिबार बन्दसत्र मार्फत नया समिती निर्वाचित गर्दै सम्मेलन सम्पन्न भएको हो ।