फोर्ब्सको धनाढ्यको सूचीमा भारतका गौतम अडानी दोस्रो स्थानमा

एजेन्सी, भारतीय उद्योगपति गौतम अडानी शुक्रबार फ्रान्सको एलभीएमएचका बर्नार्ड अर्नाल्टलाई पछि पार्दै विश्वको दोस्रो धनी व्यक्ति बनेका छन् । एलन मस्क अझै पहिलो नम्बरमा छन् । दोस्रोमा गौतम अडानी, तेस्रोमा बर्नार्ड अर्नाल्ट, चौथो नम्बरमा जेफ बेजोस र पाँचौं नम्बरमा बिल गेट्स छन् ।

गौतम अडानी र परिवारको कुल सम्पत्ति १५४.६ बिलियन डलर छ । यस्तै, स्पेसएक्स र टेस्लाका सीईओ एलन मस्कको कुल सम्पत्ति २७३.५ बिलियन डलर छ । योसँगै मुकेश अम्बानी ९२.१ बिलियन डलरको कुल सम्पत्तिका साथ आठौँ स्थानमा छन् । घरायसी खाद्यान्नदेखि कोइला खानी, रेलमार्ग, विमानस्थल, बन्दरगाहदेखि विद्युत उत्पादनसम्म, यस्ता दर्जनौं व्यवसाय छन् जहाँ गौतम अडानीको ठूलो दख्खल छ ।

हालै गौतम अडानीको नियन्त्रणमा रहेको अडानी समूहले मिडिया कम्पनी एनडीटिभीको २९.१८ प्रतिशत सेयर अप्रत्यक्ष रूपमा किनेको छ ।