बागेश्वरी बहुमुखी क्याम्पसमा विविए कार्यक्रमको सम्भाव्यता अध्ययन

कोहलपुर, मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा व्यवस्थापन संकाय अन्तर्गत विविए कार्यक्रमको सम्भाव्यता अध्ययन गरिएको छ ।विश्वविद्यालयका निमित्त उपकुलपति एवम् व्यवस्थापन सङकायका डिन प्रा.डा. दिप बहादुर रावलको नेतृत्वमा मध्यपश्चिम विश्वविद्यालय मुसुमका निर्देशक एवम् क्यु. ए.ए. कार्यक्रमका संयोजक डा. सुशील शाहीको टिमले सम्भाव्यता अध्ययन गरिएको हो ।

यस अघि बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरले उक्त कार्यक्रमको लागी २०७८ भाद्र ३० गते विविए संचालनको गर्न पाउ भनेर विश्वविद्यालयमा आवेदन दर्ता गरेको थियो । उक्त कार्यक्रमको लागि क्याम्पसले पुन २०७९ भाद्र ६ गते पुनः आवेदन दर्ता गरेको थियो । तीन वटा प्रदेश लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुर पश्चिम प्रदेशको प्रवेशद्वार भएको साथै भारतको उत्तर प्रदेश रुपैडिया संग जोडिएको कारण पनि कोहलपुर शैक्षिक हवका रूपमा विकास हुँदै गएको छ ।कोहलपुरको नौवस्तामा प्रादेशिक औधोगिक क्षेत्र स्थापना भएको र त्यसको सुरुवात भएकोले पनि कोहलपुरमा उक्त कार्यक्रमको आवश्यक रहेको क्याम्पस प्रमुख उप-प्राध्यापक दान बहादुर हमालले जानकारी गराए ।
उनले कोहलपुरको आसपासमा झन्डै २५ बढी माध्यमिक विद्यालयमा व्यवस्थापन समुहको कक्षा ११/१२ पढाई हुने गरेको तर्क पेश गरे । कोहलपुरमा ११/१२ उतिर्ण गरेका विद्यार्थीहरु हरेक दिन गाडी चढेर प्रत्येक दिन भाडा तिर्दै नेपालगन्ज जाने गरेकोले कोहलपुरको समग्र शैक्षिक विकासको लागि बागेश्वरी क्याम्पसमा विविए कार्यक्रम अनिवार्य आवश्यक रहेको जिकिर गरे ।हमालले कोहलपुरमा क्याम्पसका सबै फिडर विद्यालय तथा आम सरोकारवाला निकाय, संस्था, राजनीतिक दल, उधोगी, व्यापारी लगायत सबैको माग भए अनुसार उक्त कार्यक्रम प्रती सबैको चासो भएकोले पनि यसतर्फ विशेष ध्यान दिएर यही शैक्षिक सत्र देखि कार्यक्रम सन्चालन गर्न पाउनु पर्नेमा जोड दिए । यसका लागि विश्वविद्यालयले दिएको बजेटलाई सदुपयोग गरेर विविए भवन निर्माण गरी सम्पन्न भएको, फर्निचर तथा कक्षा कोठा डेकुरेशनको लागी टेण्डर भैइसकेको समेत जानकारी गराए । आफू र आफ्नो टिम विगत केही वर्ष देखि नै यस कार्यमा लागी परेपनि त्यसको सम्पूर्ण पुर्वाधार नभएकोले जोडबल नगरिएको तर अहिले सम्पूर्ण पुर्वाधार तयार गरिएकोले अनिवार्य आवश्यक भएको जानकारी गराए ।

औपचारिक कार्यक्रम बोल्दैँ सम्भाव्यता अध्ययन समितिका संयोजक निमित्त उपकुलपती एवम् व्यवस्थापन संकायका डिन प्रा.डा. दिप बहादुर रावलले आफुहरु सम्भाव्यता अध्ययन गर्न आएको र विविए कार्यक्रमको कोहलपुरमा निकैँ आवश्यक रहेको वताए ।
उनले कोहलपुर देशकै ट्राजिट स्थान भएकोले यसले तीन वटा प्रदेशको केन्द्रलाई समेटन सक्ने भएकोले यो कार्यक्रम माग गर्नु स्वाभाविक भएको तर्क गरे । कुनै पनि संकाय वा विषय माग गर्ने वितिकै प्राप्त गर्ने नभैइ त्यसको निती, विधि र प्रक्रियाबाट हुने कुराको जानकारी दिए ।साथै उनले भने यहाँका आम अभिभावक मात्र होइन फिडर विद्यालय, उधोगवाणिज्य संघ, औधोगिक क्षेत्र, आम नागरिक एवम् सरोकारवाको चासो रहे नरहेको, क्याम्पसमा पुर्वाधार भए नभएको, क्याम्पसमा हाल सम्म सन्चालनमा आएका कार्यक्रमको प्रभावकारिता के कस्तो छ ? आवश्यक जनशक्ती लगायतका आधारमा गहन अध्ययन गरेर मात्र निर्णय हुने तर्क दिए । तर पनी बागेश्वरी क्याम्पसमा अब विविए कार्यक्रमको अनिवार्य आवश्यकता रहेको आफुहरुलाई महशुस भएको विश्वास दिलाए ।

यसैगरि औपचारिक कार्यक्रममा बोल्दै मुसुमका निर्देशक एवम् कार्यदलका सदस्य डा. सुशील शाहीले यो कार्यक्रम कोहलपुरको लागी आवश्यक रहेकोले यसका सम्पूर्ण विधि र पद्धतिलाई विशेष ध्यान दिएर लाग्न अनुरोध गरे । यो कार्यक्रम विशुद्ध विद्यार्थी राजनीतिबाट टाढा राखेर सबैको प्रतिवद्धता आवश्यक रहेको जानकारी गराए ।
उनले अबको केही दिनमा यसको निर्णय आउने भएकोले यसमा ध्यान पुर्वक लाग्न क्याम्पसका सम्पूर्ण टिमलाई निर्देश दिए ।

कार्यक्रममा पुर्व क्याम्पस प्रमुखहरु सह-प्राध्यापक खगराज पन्त, पुर्व क्याम्पस प्रमुख एवम् अर्थशास्त्र, ग्रामीण विकास र समाजशास्त्र विभागका विभागीय प्रमुख रमेशचन्द्र अधिकारी, पुर्व क्याम्पस प्रमुख एवम् व्यवस्थापन विभागका विभागीय प्रमुख ध्रुव कुमार अधिकारी, पुर्व सहायक क्याम्पस प्रमुख सुशील अधिकारी, पाठ्यक्रम तथा मूल्याङकन विभागका विभागीय प्रमुख एकाराज शर्मा, नेपाली विभागका विभागीय प्रमुख खोपिराम वली, उपप्राध्यापक नवीन किशोर रत्न, टेकेन्द्र कुमा महतरा, जीवन सिँह राठौर, राजकुमार चन्द, ललित प्रकाश चन्द, घनश्याम यादव, राजेश थापा, जयकृष्ण न्यौपाने, प्रशाकिय अधिकृत वेदराज लम्साल, वरिष्ठ सहायक शिव रेग्मी, सहायक लेखापाल रमेश बहादुर गुरुङ लगायत क्याम्पसका प्राध्यापक एवम् कर्मचारीको उपस्थित रहेको थियो ।

औपचारिक कार्यक्रमको स्वागत मन्तव्य ध्रुब कुमार अधिकारीले राखेका थिए भने शुभकामना मन्तव्य टेकेन्द्र कुमार महतराले राखेका थिए । औपचारिक कार्यक्रमको प्रमुख अतिथी निमित्त उपकुलपति प्रा.डा. दिप बहादुर रावल तथा विशिस्ट अतिथी डा. सुशील शाहीको आतिथ्यतामा क्याम्पस प्रमुख दान बहादुर हमालको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । साथै उक्त कार्यक्रमको सन्चालन खोपीराम वलिले गरेको प्राध्यापाप एकराज शर्माले जानकारी दिए । यस सम्भाव्यता अध्ययनले बागेश्वरी बहुमुखी क्याम्पसमा विविए कार्यक्रम आउने निश्चित जस्तो भएकोले यस क्षेत्रका आम विद्यार्थीहरु नेपालगन्ज जान नपर्ने भएको छ ।

कोहलपुरको बागेश्वरी बहुमुखी क्याम्पस २०७५ सालमा मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पससा समायोजन भएको थियो ।