मार्क्सवाद, यसको प्रयोग र आवश्यकता

मार्क्सवाद कुनै सूत्रबद्ध धर्मशास्त्र नभएर यो ब्रह्माण्ड र मानव समाजलाई बुझ्ने र बदल्ने विज्ञान र विचारप्रणाली हो। त्यसैले जसरी यो ब्रह्माण्ड र समाज गतिशील र परिवर्तनशिल छ त्यसरी नै यसलाई बुझ्ने र बदल्ने विज्ञान पनि गतिशील र परिवर्तनशिल हुनु स्वभाविक छ।भौतिक जगत गतिशील र परिवर्तनशील हुने तर त्यसैको उपज मानवीय चेतना र विचार स्थिर र स्थायी हुने भन्ने हुनै सक्दैन । त्यसैले मार्क्सवादलाई सबभन्दा पहिले एउटा बनिबनाउ जडबस्तु वा अपरिवर्तनीय धर्मशास्त्रको रूपमा नहेरेर निरन्तर गतिमा रहेको बस्तुगत र आत्मगत जगतलाई बुझ्ने र बदल्ने गतिशील विज्ञानको रूपमा ग्रहण गर्न जरुरी छ। हाम्रो नेपाली समाज र कम्युनिष्ट राजनीतिमा मार्क्सवादलाई कमाइ खाने भाडाेको रूपमा प्रयोग मात्रै गरेको पाइन्छ।

विश्व ब्रह्माण्डको उत्पत्ति करिब १५ अर्व वर्ष पहिले भएको मानिन्छ भने मानवजातिको उत्पती करिब ३५ हजार वर्ष पहिले र सभ्य मानिस तथा मानव समाजको उत्पत्ति करिब १० हजार वर्ष पहिले मात्रै भएको मानिन्छ । सुरुको जंगली घुमन्ते मान्छे खेतीपाती गर्न जान्ने सभ्य मान्छेमा रुपान्तर भए पछि मात्रै उसले आफ्ना प्रकृतिसंगका संघर्षका अनुभवलाई सश्लेषित गर्दै विचार र दर्शनको आविष्कार गरेको हो। समाजमा वर्गविभाजन र वर्गसंघर्षको विकास सङसङै दासयुग, सामान्ती युग, पुजीवादी युगका सामाजिक उत्पादन प्रणाली पनि विकसित हुँदै गए पछि ती सामाजिक युग अनुसारका विचार र दर्शनहरु पनि स्वभाविक रुपले जन्मिदै गए।यसरी सबभन्दा पहिले युरोपमा पुजीवादको विकास भए पछि पुजीवाद भित्रका अन्तरविरोधहरु हल गर्ने सन्दर्भमा उन्नाइसौं शताब्दीको उत्तरार्धमा मार्क्सवादको जन्म भएको हो। इतिहासका सबै विचार र दर्शनलाई पचाएर पछिल्लो चोटि जन्मेको उन्नत विचार र विज्ञान नै मार्क्सवाद हो। यसले भौतिक जगत र मानव समाजको विकासको नियमलाई परिभाषित गर्दै इतिहासको गतिलाई दिशानिर्देश गर्ने भएकोले मार्क्सवाद लाई ऐतिहासिक विज्ञान पनि भन्ने गरिन्छ । त्यस अर्थमा आम जनसाधरणको भाषामा मार्क्सवादलाई संसारलाई बुझ्ने र बदल्ने ऐतिहासिक भौतिकवादी पद्धति पनि भन्न सकिन्छ।

मार्क्सवाद बाहेकका अन्य सबै बिचार र दर्शनहरु विज्ञान र ब्यवहार दुबैको कसिमा यसरी खरो उत्रन सकेको आजसम्म पाइएको छैन । त्यस हिसाबले मानव जातिले आजसम्म आर्जित गरेको सबैभन्दा उन्नत र बैज्ञानिक विचारप्रणाली माक्र्सवाद नै हो भन्नू कुनै अत्युक्ति हुँदैन ।

मान्छेको स्वार्थमा धक्का पुग्ने भए पछि ज्यामितीका स्वयंसिद्ध तथ्यहरु पनि बङ्गाइन्छ भनेझै मार्क्सवाद पुर्वका विचारहरुले मानव समाज विकासको नियमहरुलाइ तथ्यसंगत र विज्ञानसम्मत ढंगले परिभाषित गर्न सक्दैनथे भने मार्क्सवादले मात्रै इतिहासमा पहिलो पटक निस्वार्थ र वस्तुपरक ढंगले भौतिक जगत र मानव समाजका गतिका नियमहरुलाई जस्ताको तस्तै संश्लेषित गरेर प्रस्तुत गर्ने सामर्थ्य राख्दछ। त्यसैले जीवन र जगतको निरन्तर गतिशील प्रबाह सङ्संगै विकसित हुँदै अघि बढ्ने मार्क्सवाद केही आधारभूत प्रस्थापना र सार्बभौम सच्चाइ छन् , जसलाई सबैले गम्भीरतापूर्वक आत्मसात गर्नैपर्दछ।

के मार्क्सवाद जुनसुकै आकारको टाउकोमा घुसारे पनि हुने रबरको टोपि मात्रै हो त ? विल्कुल होइन त्यसको ठिक उल्टो आजसम्म मानव जातीले आर्जन गरेको सबै बैज्ञानिक आविष्कार र ज्ञानलाई पचाएर संश्लेषित गरिएको सबैभन्दा उन्नत र बैज्ञानिक बिचार प्रणाली हो। लेनिनले परिभाषित गरेअनुसार मार्क्सवादका तीन अंग छन- दर्शन, राजनीतिक अर्थशास्त्र र बैज्ञानिक समाजवाद । त्यतिबेला सबभन्दा उन्नत अवस्थामा रहेका जर्मन शास्त्रीय दर्शन (फायरबाख र हेगेल) ,बेलायती राजनीतिक अर्थशास्त्र (आदम स्मिथ र डेभिड रिकार्दो) र फ्रान्सेली समाजवाद यी तीन संघटक अंगका प्रारम्भिक स्रोत हुन। यी तीन संघटक अंगहरुको एकीकृत र संश्लेषित समुच्चता नै मार्क्सवाद हो। दर्शनशास्त्रले समग्र वस्तुगत र आत्मगत जगतको गति र विकासको नियम, राजनीतिक अर्थशास्त्रले मानव समाजको गति र विकासको नियम र बैज्ञानिक समाजवादले वर्गसंघर्षको नियमलाई उद्घाटित र परिभाषित गर्दछन। द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादमा आधारित दर्शनशास्त्र, अतिरिक्त मुल्यको सिद्धान्तमा आधारित राजनीतिक अर्थशास्त्र र सर्वहारावर्गीय अधिनायकत्वमा आधारित बैज्ञानिक समाजवाद नै माक्र्सवादका आधारभूत प्रस्थापना वा अन्तरवस्तु हुन। यी तीनवटै संघटक अंगहरुमा अन्तरनिहित आधारभूत अन्तरवस्तु र माक्र्सवादको समुच्च सारतत्व भनेको सबै वस्तु वा चेतना विपरीतहरुको एकत्व बाट बनेको हुन्छ र तिनिहरुबिच निरन्तर चलिरहने एकता, संघर्ष र रुपान्तरणको प्रक्रियाले भौतिक जगत र मानव समाजलाई निरन्तर अग्रगामी गति प्रदान गरिरहन्छ ।

समग्रमा, मार्क्सवादको गुदि कुरा भनेको भौतिक र आत्मिक जगतमा लागू हुने विपरीतहरुको एकत्वको नियमलाई बुझ्ने र त्यसबाट उत्पन्न हुने अन्तरविरोधहरुलाई एकता, संघर्ष, रुपान्तरणको अनन्त शृङ्खला हल गर्दै अन्ततः मानवजातीलाई पुर्ण स्वतन्त्रताको दुनियाँमा पुर्याउने सुसंगत विचारप्रणाली नै हो।

प्राकृतिक विज्ञानका पछिल्ला खोजहरु र खासगरी ब्रह्माण्डको उत्पत्ति र निरन्तर विस्तारसम्बन्धि महान धमाका (Big Bang)को सिद्धान्त, सापेक्षताको सिद्धान्त, क्वान्टम यान्त्रिकि र त्यसको अनिश्चितताको सिद्धान्त आदिले समेत मार्क्सवादको मेरुदण्डको रूपमा रहेको भौतिकवादी द्वन्दवादको सिद्धान्तलाई राम्रोसँग पुष्टि गर्दछन। मार्क्सवाद बाहेकका अन्य सबै बिचार र दर्शनहरु विज्ञान र ब्यवहार दुबैको कसिमा यसरी खरो उत्रन सकेको आजसम्म पाइएको छैन । त्यस हिसाबले मानव जातिले आजसम्म आर्जित गरेको सबैभन्दा उन्नत र बैज्ञानिक विचारप्रणाली मार्क्सवाद नै हो भन्नू कुनै अत्युक्ति हुँदैन ।

राजनीतिक रणनीतिको विकासले वर्ग र प्रवृत्तिहरुबिच, बहस संघर्ष र ध्रुवीकरण नयाँ उचाईमा प्रवेश गर्छ। यो गम्भीर बहस, संघर्ष र ध्रुवीकरणमा राजनीतिक रणनीति खरो उत्रनका लागि अर्थात यसको आवश्यकता, औचित्य र सत्यपन पुस्टि गर्न नयाँ दार्शनिक र अर्थशास्त्रीय प्रस्थापनाहरुको विकास गर्नु आवश्यक र अनिवार्य हुन्छ। यो आवश्यकता पूरा गर्न मार्क्सवादको समग्र विकास अपरिहार्य हुन्छ। मार्क्सवादका तीन संघटक अंगको विकासको यो प्रक्रिया अगाडि बढ्दै जादा मार्क्सवाद अझ समृद्ध हुँदै जान्छ। मार्क्सवादको विकासको यो प्रक्रिया र नियमबाट नेपालको कम्युनिष्ट आन्दोलन अलग रहन सक्दैन । पेरिस कम्युनदेखी नेपालमा जनयुद्धको विकास र विजय को पछाडी मार्क्सवादको ठुलो भुमिका रहेको छ।

समग्रमा, मार्क्सवादको गुदि कुरा भनेको भौतिक र आत्मिक जगतमा लागू हुने विपरीतहरुको एकत्वको नियमलाई बुझ्ने र त्यसबाट उत्पन्न हुने अन्तरविरोधहरुलाई एकता, संघर्ष, रुपान्तरणको अनन्त शृङ्खला हल गर्दै अन्ततः मानवजातीलाई पुर्ण स्वतन्त्रताको दुनियाँमा पुर्याउने सुसंगत विचारप्रणाली नै हो। साथै इतिहासको अन्तिम वर्गको रूपमा रहेको सर्वहारावर्गिय पक्षधरता मार्क्सवादको पहिचानको आधारभूत कसि हो र यो कसिमा घोटिन नचाहने कोहि मार्क्सवादी हुनै सक्दैन । यी बाहेक अन्य कुरा या त मार्क्सवादका तपशिलका कुरा हुन या मार्क्सवादका नाउँमा गरिने विजातिय हर्कत हुन।

लेखक किशोर सुवेदी प्रगतिशील लेखक संघका केन्द्रिय सदस्य हुन् ।