सायद म प्रेमको लायक नै थिएन

प्रेम निश्चल बगिरहने कहरे खोला जस्तै हो हरदम हर पल बगिरहन्छ । हाम्रो नेपाली समाज, यहाँको प्रेम सम्बन्ध निकै खरो लाग्छ । म यही नेपाली समाजमा जन्म लिएर होला खुलेर प्रेम गर्न मलाई अप्ठेरो छ । प्रेम गर्न लायकको त कि धन हुन पर्यो कि खानदान कारण खानदान ठूलो हुनेलाई र धन हुनेलाई गलत गर्दा पनि कसैले आवाज दिँदैनन् । गलत नै गरे पनि गलत गर्यो भन्दैनन् र भनिहाले पनि उनीहरूलाई फरक पर्दैन । प्रेम गर्नलाई औकात नै लिएर आउनु पर्ने रहेछ भनेर कति छोरीहरू टोलाएर बस्छन ।

विभिन्न किसिमका मान्छेहरू बस्ने यो नेपाली समाज बिल्कुल सोचेभन्दा फरक छ । हरेकले हरेकलाई प्रेम गर्छन् होला तर प्रेम गर्नलाई मुटु मात्र भएर पनि भएन, कुनै सम्बन्धमा त मुटु नै झिके पनि कम पर्न जान्छ । प्रेमलाई विभिन्न नामले परिभाषित गरिन्छ तर पनि प्रेम मान्छेलाई चाहिने गर्छ ।

पर्दा दुःख र समस्या बाँड्न सकिने दाजुभाई र दिदीबहिनी भेटिन्छन् जीवनको कालखण्डमा भने आफूलाई आनन्द महशुस हुन्छ । हरेक पल, हरेक क्षण माया प्रेम नै आवश्यक नहुन सक्छ तर पनि मान्छेलाई जीवन कालखण्डमा चाहिने भनेको यही नै हो । 

हरेकले अपेक्षा गएको हुन्छ उसले मलाई राम्रो व्यवहार गरोस्, मायाले बोलोस्, सधैं साथ देओस्, साथमा रहोस् यस्तै कति हुन कति महंगा इच्छा र चाहना हरु हुन्छन् । तर पनि मान्छे अपेक्षा राख्नबाट पछि हट्दैन । पर्दा साथ देओस्, समस्या पर्दा हल गर्दियोस्, दुःख पर्दा अंगालोस् यस्ता महंगा सपना देख्न के पाप हुन्छ र आज कैयौँ प्रेमीहरू प्रेमलील शब्दहरू प्रहार गर्दै कालसँग आत्मसमर्पण गरिरहेका छन् । कति घटनाहरू सुनी देखि रहन्छौ तर हामी पछि हट्न मान्दैनौं । सबै प्रकारको प्रेम गर्न पुग्छौं । जात, धर्म, वर्ण, लिङ्ग केही छुट्याउन सक्दैनौं प्रेम गरिरहन्छौं, एकोहोरो प्रेम गरी रहन्छौँ। त्यही प्रेमको लागि ९ महिना कोखमा राखेकी आमा भुल्छौं, हुर्काउन बाले गरेको त्याग भुल्छौं, बा आमाको सपना भुल्छौं, आफ्नो महत्व भुल्छौं, आफ्नो जिम्मेवारी भुल्छौं, आफ्नो कर्तव्य भुल्छौं आफ्नो परिचय भुल्छौं,,,,,सबै कुराहरू भुल्छौं त्यही प्रेम प्राप्त गर्नको लागि । प्रेम प्राप्त गर्न विभिन्न बाहाना खोज्छौं, विभिन्न झुटलाई अंगाल्छौँ। आफू सन्तुष्टि हुन अरूलाई पुग्ने असर हामीले कहिले पनि ख्याल गर्दैनौँ तर पनि प्रेमको लागि सबै कुरा पन्छ्याउँछौं । बाले छोरा-छोरीलाई गर्ने प्रेम, दाइले भाइ-बहिनीलाई गर्ने प्रेम, आमाले छोराछोरीलाई गर्ने प्रेम भन्दा बेग्लै अर्को प्रेम जसले सबैलाई थाँती राखिदिन्छ । सबैलाई भुलाइदिन्छ, सबैलाई हराइदिन्छ, सबैलाई विर्सिदिन्छ, बिहे अघि दाइले बहिनीलाई गर्ने प्रेम, बिहे अघि भाइले दिदीलाई गर्ने प्रेम प्रेमी भेटिए फरक हुन पुग्छ किनकि उसलाई प्रेमको अर्थ प्रेमलिल जीवन होला जस्तो लाग्न थाल्छ । सबै संग केही न केही स्वार्थ हुन्छ सबैको आफ्नै मूल्य हुन्छ सबैको आफ्नै कार्य हुन्छ ।

सम्बन्धलाई गलत बुझ्नु भयाे भने आफै सकिनु हुन्छ, तपाईंको सम्बन्ध सकाउनु हुन्छ यति ,,,,,। विभिन्न वर्गका मान्छे हरु छन् यहाँ कसैलाई न कसैलाई केही न केही सम्बन्धको कमी त हुन्छ नै तर सबैमा आफ्नै महत्व हुन्छ । सम्बन्धको निम्ति नाजायज सम्बन्ध नै गाँस्नु पर्छ भन्ने हुँदैन। समाजमा पाच्य र आफ्नो शिर माथी होस् कुनै सम्बन्धको लागि आफूलाई आफ्नो शिर झुकाउने नपरोस् । कुनै मान्छे यस्तो हुन्छन् जसलाई सोच्न पनि नसकिने गिरेका हुन्छन् ,,,,,,,जीवनको गोरेटोमा यस्तै थुप्रै मान्छेहरू भेटिन्छन् टाढा बस्नु पर्दछ ।

जीवनको कालखण्डमा यस्ता मान्छेहरूले धेरै कुरा सिकाएर जान्छन् नराम्रो पल आएतापनि आफूलाई बलियो बनाउने आधार भेटिन्छ । हरेकको आफ्नो आफ्नो सोचाइ हुन्छ कतिपय अवस्थामा कहिले पनि नसोचेको माया पाउँदा मन प्रसन्न बनाउन बाहेक अरु सकिँदैन त्यही मायाको कारण मन प्रशन्न भएर भएन गलत बुझाइ गलत हेराइ र गलत मान्छेहरुको कारण पनि केही गडबड हुन्छ तर पनि कुनै सम्बन्धमा एकदम मिठास हुन्छ । पर्दा दुःख र समस्या बाँड्न सकिने दाजुभाई र दिदीबहिनी भेटिन्छन् जीवनको कालखण्डमा भने आफूलाई आनन्द महशुस हुन्छ । हरेक पल, हरेक क्षण माया प्रेम नै आवश्यक नहुन सक्छ तर पनि मान्छेलाई जीवन कालखण्डमा चाहिने भनेको यही नै हो । प्रेम हरकोहिसँग नहुन पनि सक्छ हुन पनि सक्छ तर त्यसलाई सधैँ सम्हालिन सकिने गरी जोगाएर राख्नु पर्छ । अथाह प्रेम हुनेले कहिले पनि प्रेमलाई सम्हाल्न सक्दैनन् त्यही सम्हाल्न नसकिने खण्डमा आफ्नो प्रेम सँगै जीवन पनि बलिदान गरेका हुन्छन् । कतिपय अवस्थामा प्रेमको त्याग देखाउन सकिँदैन र जताउन सकियो भनेर बुझाउन सकिएन भने आफू सकिने जस्ता थुप्रै घटनाहरू घट्न सक्छन् । हरेक पाइलामा आफूलाई सम्हाल्न सक्ने एउटा कालो होइन चिसो मन चाहिन्छ । त्यही चिसो मन आफूलाई गलत गर्नबाट रोक्न सक्छ । धेरै घटनाहरू सुनेका हुन्छौं तर बा आमाले छोराको माया नपाउँदा आश्रम पुगेका हुन्छन्, कति त बाटोमा रुँदै बसेका हुन्छन्, कतिले आत्महत्या गर्छन् ।

के यो युवा पिढीको प्रेममा भड्किने बाहेक अरु काम छैन । जन्म लिनुको उदेश्य, कर्तव्य र अधिकारलाई भुलेर प्रेमका निम्ति सबै लत्याइदिने यी युवाको अरु कुनै भिजन नभएको हो त ?

प्रेमलाई एउटै पाटोबाट हेर्न र बुझ्न सकिँदैन । साँचो प्रेम कहिले पनि मर्दैन, छाड्नेले प्रेम गर्न सक्दैन यदि गरिहालेको छ भने पनि पाउनकै लागि गरेको हुँदैन । अनि आत्म हत्या किन् र कसको लागि ? सात फेरि लगाएर, एक पाथी सिन्दुर हालेर भोलि पल्ट बित्दा त सिन्दुर पुछेर फेरि अर्को विवाह गरेर खुशी साथ जीवन बिताइरहेका हुन्छन् । २० औँ, ४०औँ वर्ष सँगै बसेर छुट्टिएर त मान्छे बाँचेर बस्नु पर्छ भने सम्बन्धका अनेकौं संस्करणहरु हुन्छन् जाबो एउटा प्रेमीले टेरेन, बुझेन भनेर मन दुखाएर किन् बस्नु पर्ने होर ? सम्बन्धलाई गलत बुझ्यो भने सम्बन्धको आयु हुँदैन । मर्नु नै पर्ने त हुँदैन मर्नु अघि बाको त्याग आमाको दूधको भाडा सम्झनु मर्ने आँट आउने छैन र मर्ने छैनौ खुशी भएर बाँच्ने छौ । कति घटनाहरू घटिरहेको बेलामा भर्खरै मात्र घटेको घटना सुनसरी इटहरीकी कि श्रदा घिमिरे । जो उत्कृष्ट छात्रा र उत्कृष्ट विद्यार्थी नेता थिइन्। उनले गरेको आत्म हत्याको कारण उनका बा आमाको के हालत भयो होला । बा आमाको तारा खस्यो सपना हरायो । प्रेम गर्नुस् तर आफूले भार उठाउन सक्ने जति मात्र गर्नुस् । कसले चाहिँ सिकाएछ यो पुस्तालाई साँचो प्रेमको अर्थ आत्महत्या नै हुन्छ भनेर प्रेम गर्न सकिन्छ भने पाउनु नै पर्छ भन्ने पनि त नहुन पनि सक्छ । कतिपय घटनामा आफूलाई त्यहाँबाट पछि हटाउन सक्नु पनि बुद्धिमानी ठहरिन्छ अहिलेका युवा बुद्धिमानी होइन मूर्ख छन् । अनपढ भएर प्रेम गरेको नै थियौ त उनी अलावा अरु केही नदेख्ने त्यहाँबाट बाहिर निस्कन खोज्यौ भने मात्र पनि कति सुन्दर छ यो प्रकृति र दुनियाँ तिम्ले प्रेम गर्दा त्यो सबै गुमाउँछौ। अहिलेका युवाले प्रेमको अर्थ आफै कोरिदिएका छन् “सफल भए विवाह” र “असफल भए आत्महत्या ” यही परिभाषा दिएर आफूलाई जन्मदिने बा आमाको सपना तोडिदिएका छन् । बा आमाको त्याग लाई बली दिएका छन् । बा आमालाई दुखी बनाएका छन् । साँचो प्रेम गरिसकेपछि पर्खिन र फर्किन साहस गर्नु पर्दछ । प्रेम आफैमा अपूर्ण छ तिम्ले कसैलाई पाउँदैमा आफूलाई पूर्ण र नपाउदैंमा आफूलाई अपूर्ण नसम्झे हुन्छ ।

के यो युवा पिढीको प्रेममा भड्किने बाहेक अरु काम छैन । जन्म लिनुको उदेश्य, कर्तव्य र अधिकारलाई भुलेर प्रेमका निम्ति सबै लत्याइदिने यी युवाको अरु कुनै भिजन नभएको हो त ? बा आमा प्रतिको जिम्मेवारी कर्तव्य खोइ ? परिवारको दायित्व बुझ्ने भएको छोरा प्रेमिकाको जालमा फसेपछि परिवारलाई लात किन् हान्छ? परिवारले पूरा गरेको कर्तव्य छोराछोरीले किन् भुल्छन् ? बा आमालाई दुःखी तुल्याउने छोराछोरी नै हुन्। छोराछोरी हामी हौँ हामीले आफ्नो कर्तव्य भुल्नु भएन । हामीले आफूलाई सही बाटो निर्देशन गर्नु पर्छ, हामीले प्रेम मात्र रोजेर मात्र हुन्न सबै कुरा बुझ्न र गर्न बाँकी छ सक्यौँ भने र सकेछौं भने प्यारो देश नेपालको लागि पनि आफ्नो समय खेर फाल्ने दम राख्नु पर्छ, विभिन्न कार्यक्रममा भाग लिएर आफूलाई पगाल्न पर्छ र आफूलाई निखार्न पर्छ हामी युवा प्रेमको निम्ति बलि चढ्नु हुँदैन । जय युवा !