सिद्धार्थ क्याम्पसका दुईवटा बसहरु माथी तोडफोड

क्रान्तिकारीले लियो घटनाको जिम्मेवारी

कपिलवस्तु, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अनरास्ववियू (क्रान्तिकारी)ले सिद्धार्थ बहुमुखी क्याम्पसका दुई वटा बसहरु माथी तोडफोड गरेको छ ।गएराती भएको उक्त तोडफोडको घटनाको जिम्मेवारी लिदैँ सङ्गठनका केन्द्रीय सचिबालय सदस्य तथा लुम्बिनी प्रदेेश इन्चार्ज नवीन खड्काले विज्ञप्ति नै जारी गरेको छन् ।

उनले पब्लिक क्याम्पस संघ, कपिलवस्तुले कपिलवस्तुका पब्लिक क्याम्पसहरूले लिदैँ आएकाे मासिक शुल्क ९ सय ७५ बाट वृद्धि गरेर १५ सय पूर्याएकाे थियोे । यसकाे बिराेधमा आफ्नो सङ्गठनले वक्तव्य देखि तालाबन्दीसम्म चरणबद्ध संघर्ष गरेकाे र पटकपटकको वार्ता पश्चात पनि शुल्क फिर्ता लिने बिषयमा कुनै गम्भीरता नदेखाए पछि वार्ता सफल हुन नसकेको जानकारी दिएका छन् ।

उनले आफुहरुको आन्दोलनलाई गम्भीरतापूर्वक नलिई उल्टै एकतर्फी क्याम्पस प्रशासनद्धारा ताला ताेडिएपछि सङ्गठनले तर्फबाट प्रतिराेध स्वरुप सिद्धार्थ क्याम्पसमा भाैतिक ताेडफाेड गरी साङ्केतिक कारबाही गरिएको बताए ।

साथै उनले मागप्रति अझै पनि गम्भीरता नदेखाए थप कडा सङ्घर्ष गरिने चेतावनी समेत दिएका छन् ।

यस्तो छ विज्ञप्ति