संसदीय व्यवस्था भित्र गरिने निर्वाचनले देशको संकट टार्न सक्दैन् : हेमन्त प्रकाश वली

बाँके, नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का प्रवक्ता हेमन्त प्रकाश वली ‘शुदर्शन’ ले अहिलेको संसदीय व्यवस्थामा गरिने कुनैपनि खाले निर्वाचनले देशको बर्तमान संकट टार्न नसक्ने बताएका छन् ।पार्टीको कणाली व्यूरोद्धारा बाँकेको नेपालगन्जमा आयोजित पत्रकारहरु संगको भेटघाट कार्यक्रममा नेता शुदर्शनले उक्त कुराको ठोकुवा गरे । उक्त कार्यक्रममा बोल्दै पार्टी प्रवक्ता सुदर्शनले देशको वर्तमान संसदिय व्यवस्था आर्थिक र राजनीतिक दृष्टिले निकै जर्जर बन्दै गएको र यो एक पछी अर्को देशघाती र जनघाती बन्दै गएको बताए ।

‘देशको वैदेशिक व्यापार घाटा करीव १७ खर्ब रहेको छ । जबकि कूल गाह्रस्थ उत्पादनबाट दुई खर्ब मात्र पूर्ति हुने, सबभन्दा ठूलो हिस्सा वैदेशिक रोजगारको विप्रेशनबाट आपुर्ति हुने स्थितिले देशको आर्थिक भविश्यको निकै खतरनाक स्थितिको पूर्व संकेत हो । यदि विदेश जाने श्रम शक्ति कुनै पनि कारणले रोकिने स्थिति भएमा देशको अवस्था भयावह हुने स्थिति छ । त्यसैगरी बैंक पूजिको ४७ खर्व डिपोजिट अन्तर्गत एक सय जना व्यक्तिहरुले मात्रै ३० खर्ब परिचालन गरेको तथ्य सार्वजनिक भएको छ, जबकी बाँकि १७ खर्ब रकम १८ लाखले परिचालन गर्ने स्थिति छ भने यो कस्तो खालको अर्थ प्रणाली हो ? यो अवस्थालाई समाधान गर्ने वर्तमान संसदिय व्यवस्थाबाट असम्भव छ । यसको समाधान वैज्ञानिक समाजवादको स्थापनाबाट मात्र सम्भव छ, भने त्यसको नेतृत्व नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले गर्नेछ । उनले भने ।

साथै यसका लागी आफ्नो पार्टीले संसदिय व्यवस्थाको विकल्पमा स्वाधिन संयुक्त सरकारको प्रस्ताव गरेको बताउदैँ उनले उक्त सरकारले शिक्षा, स्वास्थ्य, आवास, जमिन र रोजगारीको ग्यारेण्टी गर्नुका साथै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र न्यायपालिकाको व्यवस्था हुनुपर्ने बताए ।

त्यस्तै प्रवक्ता शुदर्शनले तीन बुँदे सहमतिको आधारमा राज्यले सम्पूर्ण मुद्दाहरु खारेज गर्नुपर्ने, सम्पूर्ण राजबन्दिहरु रिहा गर्नुपर्ने सहमति बिपरीत झुट्टा मुद्दा उल्झाउने कार्य गरिरहेको आरोप लगाउदैँ उनले यस प्रति सरकार इमानदार बन्नपर्ने बताए ।

उक्त पत्रकार भेटघाट कार्यक्रममा प्रवक्ता शुदर्शन सहित केन्द्रीय कार्यालय सदस्य दिपक चलाउने, कर्णाली ब्युरो इन्चार्ज सुदिप र बाँके र बर्दिया जिल्ला इन्चार्ज अनन्त लगायतको उपस्थित रहेको थियो ।