कर्णाली प्रदेशका पर्यटन मन्त्री शाहीले लिए पद तथा गोपनीयताको शपथ

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्री वीरबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार बिहान ११ बजे प्रदेश प्रमुख तिलक परियारले नवनियुक्त मन्त्री शाहीलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।
नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य शाहीलाई मुख्यमन्त्री जीवनबहादुर शाहीले बिहीबार  २६ साउन प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेका थिए ।

यसअघि उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रहेका गैरसांसद कार्चेन लामाको ६ महिने कार्यकाल सकिएपछि डोल्पाबाट निर्वाचित प्रदेशसभा सदस्य शाहीलाई मन्त्री बनाइएको हो । कर्णालीमा तीनदलीय गठबन्धन सरकार छ । नेपाली कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सरकारमा सामेल छन् ।