युक्रेन युद्ध भड्काउने प्रमुख शक्ति अमेरिका हो : चिनियाँ राजदूत

काठमाडौँ, रुसका लागि चिनियाँ राजदूतले युक्रेन युद्ध भड्काउने प्रमुख शक्ति अमेरिका भएको आरोप लगाएका छन्। वासिङ्टनले रुसलाई मिचेर ध्वस्त पार्न खोजेको उनको भनाइ छ।

राजदूत चाङ हानहुइले अमेरिकाले बारम्बार नेटो विस्तार गरेर रुसलाई भित्तामा पुर्याएको र युक्रेनलाई रुसको सट्टा युरोपेली संघमा मिलाउन जोडबल लगाएको बताए।

‘युक्रेन संकटको पहलकर्ता र भड्काउने प्रमुख शक्ति अमेरिकाले रुसमाथि अभूतपूर्व नाकाबन्दी लगाएर युक्रेनलाई हतियार र सैन्य सामग्री आपूर्ति गरिरहेको छ,’ उनले रुसी समाचार एजेन्सी ताससँगको अन्तर्वार्तामा भने, ‘उनीहरुको अन्तिम लक्ष्य भनेको दीर्घकालीन युद्ध र नाकाबन्दीका माध्यमबाट रुसलाई थकाउनु र ध्वस्त पार्नु हो।’

राजदूत चाङले चीन–रुस सम्बन्ध इतिहासकै उत्तम अवधिमा प्रवेश गरेको बताए।