शिक्षा मन्त्री पौडेललाई क्रान्तिकारीले बुझाएको २७ बुँदे मागपत्रमा के छ ? (पत्र सहित)

यस्ता छन् मागहरु

काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकटको अनेरास्वियू (क्रान्तिकारी) ले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई २७ बुदे मागपत्र बुझाएको छ ।

अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष मिलन राईको नेतृत्वमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडललाई २७ बुदे मागपत्र बुझाएको हो ।

मागपत्र बुझ्दै मन्त्री देवेन्द्र पौडलले ज्ञापन पत्रमा उल्लेखित केही मागहरू अघी बढाइसकेको र अन्य मागहरूलाई पनि पूरा गर्ने गरि प्रक्रियागत रुपमा चाडो भन्दा चोडो अगाडी बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मागपत्र बुझाउने कार्यक्रममा अखिल (क्रान्तिकारी) का अध्यक्ष मिलन राई, उपाध्यक्ष विरेन्द्र शाह, सचिब नवराज भट्ट, सचिवालय सदस्य गोविन्द विष्ट र केन्द्रीय सदस्य तथा केन्द्रीय कार्यालय सचिव राजन साउँद सहभागी रहेका थिए ।

यस्ता छन् मागहरु