नेपालमा रिङ्ग रेस्लिङ्गको अन्तराष्ट्रिय तालिम हुने

काठमाण्डौं । नेपाल रिङ्ग रेस्लिङ्ग संघ र जापानस्थित ०१ जापानबिच नेपालमा रेस्लिङ्ग संचालन सम्बन्धि सम्झौता भएको छ ।संघद्वारा संचालित लैनचोरस्थित रिङ्ग रेस्लिङ्ग एकेडेमीमा अब २०७९ साल भदौ १५ गतेदेखि ६ महिने विशेष ब्यवसायिक रिङ्ग रेस्लिङ्ग तालिम जापानिज प्रशिक्षकद्वारा दिइनेछ । ब्यवसायिक रिङ्ग रेस्लिङ्ग बन्ने इच्छुक रेस्लरहरुले भदौ १ गतेसम्म आफ्नो नाम दर्ता गराउनुपर्ने संघले जनाएको छ । यो विशेष तालिम जम्मा ५० जनालाई निशुल्क प्रदान गरिने समेत संघले जनाएको छ ।

अन्तराष्ट्रिय प्रतियोगिताहरुमा नेपाली रिङ्ग रेस्लिङ्गहरुको सहभागिता बढाउने उद्देश्यले तालिम संचालन गरिनेछ । तालिममा रिङ्ग रेस्लिङ्गसँगै खेल मनोविज्ञान, आहार र आकस्मिक उपचार पनि समावेश गरिने जनाइएको छ ।

छनौट भएका रेस्लरहरुलाई विभिन्न अन्तराष्ट्रिय प्रतियोगिताहरुमा सहभागि गराउने संघले जनाएको छ ।