मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिलाई १७ बुदे मागपत्र

यस्ता छन मागहरु

बिरेन्द्रनगर, धर्मेन्द्र बास्तोला ‘कन्चन’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले मध्यपश्चिम विश्वविद्यालयलाई ज्ञापनपत्र बुझाएको छ ।  विश्वविद्यालयलाई अखिल (क्रान्तिकारी) कर्णाली प्रदेश समितीको तर्फबाट बिहिबार १७ बुदे माग सहितको ज्ञापनपत्र बुझाइएको हो ।

सङ्गठनका केन्द्रीय सचिबालय सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज डिबी शाहीद्धारा हस्ताक्षरित मागपत्र विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्द बहादुर सिंहलाई बुझाइएको थियो । उक्त विश्वविद्यालतको केन्द्रीय क्याम्पस तथा आङ्गिक क्याम्पसहरुमा भौतिक निर्माणमा भएको ढिलाई, लापरबाही र गुणस्तरहिन र मापदण्ड विपरीत हुने काम कार्यवाहीहरुमा कडाईपुवर्क नियन्त्रण गर्न, दलका कार्यकर्ता भर्ति गरेर आंशिकलाई करार र करारलाई स्थायी गर्ने चक्र बन्द गरी सेवा आयोग मार्फत दरबन्दी परिपुर्ति गर्न, विश्वविद्यालयले निर्माण गर्ने प्रश्नपत्रहरु प्रश्नपत्रहरु अंग्रेजीभाषामा मात्र नभई नेपाली र अङ्ग्रेजी दुबै भाषामा तयार गर्न माग गरिएको छ ।

विश्वविद्यालयका र त्यसका सबै आंगिक क्याम्पसहरुमा कार्यतालिका अनुसार स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) को निर्वाचन गर्न समेत माग गरेको छ । साथै केन्द्रीय क्याम्पसमा रहेको पुस्तकालयलाई थप व्यवस्थित गरेर पर्याप्त सन्दर्भ सामग्री र पाठयपुस्तकहरु थप्न, आङ्गिक क्याम्पसहरुमा रहेका पुस्तकालय व्यावस्थित गर्न, छात्रवृत्तिलाई कमतिमा ५ प्रतिशत वृद्धी गरी समयमै नियमित र पारदर्शी ढंगले लक्षित वर्गलाई उपलब्ध गराउन, विश्वविद्यालयमा समायोजन भएका आङ्गिक क्याम्पसहरुमा रहेका विभिन्न भौतिक पुर्वाधार निर्माणका समस्याहरु, शैक्षिक व्यवस्थापनका समस्याहरुका साथै शिक्षक र कमर्चारी समायोजन संग सम्बन्धित समस्याहरु समाधान गर्न समेत माग गरिएको छ ।

त्यस्तै विश्वविद्यालय तथा आङ्गिक क्याम्पसहरुमा छात्रावास निर्माण गर्न, विश्वविद्यालय संग आफ्नै प्रयाप्त जमिन हुँदा हुदै पनि ब्याक्तिको निजि घरमा चर्को भाडा शुल्क तिरेर सन्चालन गरिऐकोले क्याम्पसको क्षेत्र भित्र आफ्नै भवनमा स्थान्तरण गर्न, केन्द्रीय क्याम्पसमा रिक्त विभागीय प्रमुखका पदहहरुमा समयमै पदपूर्ति गर्न, प्राध्यापक र कर्मचारीहरुले आफ्नो जिम्मेवारी र मर्यादा विपरीत गर्ने राजनीतिक गतिविधीमा रोक्न, विज्ञान र इन्जिनियरिङ्ग संकायमा आवश्यक गुणस्तरीय प्रयोगात्मक सामग्रीको उचित व्यवस्थापन गर्न माग गरिएको छ ।

त्यस्तै समय समयमा यस विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुले राखेका जायज मागहरुको सुनुवाई तथा सम्बोधन यथासिघ्र गर्न समेत माग गरिएको छ ।

यस्तो छ मागपत्र