कर्णाली प्रदेश निर्जिवन बिमा कम्पनीका प्रमुख संग अन्तर्क्रिया

बिरेन्द्रनगर, कर्णाली प्रदेश स्तरीय निर्जिवन बिमा कम्पनीहरुका प्रमुखहरु संग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।कर्णाली प्रदेश स्तरीय निर्जिवन बिमा कम्पनीहरुका प्रदेश प्रमुख तथा शाखा प्रबन्धकहरु संघ बिमाको प्रभाव र कर्णाली प्रदेशमा निर्जिवन बिमाको पहुँचका बिषमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

बिमा समितिको कार्यलय बिरेन्द्रनगरमा भएको उक्त कार्यक्रममा बिमा समितिको तर्फबाट समितिका कर्णाली प्रदेश कार्यलय प्रमुख पदम सोडारीको समेत उपस्थिति रहेको थियो ।

बिमा समितिका प्रदेश प्रमुख सोडारीले कर्णाली प्रदेश सरकार तथा सङ्घिय सरकार अन्तरगत कृर्षि तथा पशुपन्क्षी बिमा अन्तर्गत उपलब्ध गर्दै आएको अनुदानलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने बिषयमा छलफल गर्नु भएको थियो ।

यसै आर्थिक बर्षबाट कर्णाली प्रदेश सरकारले कृषकलाई संघीय सरकारले उपलब्ध गरेको ८० प्रतिशत अनुदानमा १० प्रतिशत थपेर ९० प्रतिशत अनुदानको ब्यावस्था गरेको छ ।