सुर्खेतको सुर्योदय र्बोडिङले गर्यो शिक्षक र अभिभावकबीच परामर्श

बिद्यार्थीलाई नयाँपन दिने प्रतिबद्धता

सुर्खेत, वीरेन्द्रनगर, सुर्खेतको वीरेन्द्रनगर १० स्थीत सुर्योदय र्बोडिङ स्कुलले शिक्षक र अभिभावक बिच शिक्षाको पछिल्लो अवस्थाबारे परामर्श तथा छलफल कार्यक्रम गरेको छ । सुर्योदय र्बोडिङ र सिटीएफको सहकार्यमा बिद्यार्थीको सिकाइका बिषयमा अभिभावक र शिक्षकलाई परामर्श गराएको हो ।

सुर्योदय र्बोडिङको आयोजनामा बिद्यार्थीको अवस्था र शिक्षाको अवस्थाबारे अन्तरक्रिया कार्यक्रम गरिएको हो । सिटीएफको सहकार्यमा आयोजित अन्तरक्रिया कार्यक्रममा र्बोडिङका अध्यक्ष राज बहादुर गुरुङ प्रधानाध्यापक सुनिता रानी गुरुङ  र प्रमुख प्रशिक्षक रबिकिरण शर्माको उपस्थीति रहेको थियो । प्रशिक्षक रबिकिरण शर्माले अभिभावको भुमिकाबारे प्रशिक्षण दिएका थिए । समाजको पछिल्लो अवस्था, बिद्यालयको भुमिका र जिम्मेबारीको बिषयमा शर्माले प्रशिक्षण दिएका थिए ।  पछिल्लो समय बढदो प्रबिधीको अभिभावकिय अनुशासन बाल मनोबिज्ञानका बिषयमा ब्यापक छलफल भएको थियो । विद्यालयमा शैक्षिक वातावरण सहज बनाउन अभिभावक, शिक्षक, बिद्यार्थीका साथै सरोकारवाला निकाय गम्भिर भएर लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा सिटिएफका प्रतिनिधी तथा प्रशिक्षक शर्माले बाल मनोबिज्ञान र बढदो समाजिक दुरीका बिषयमा अभिभावक तथा शिक्षकहरुलाई प्रशिक्षण दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि राज बहादुर गुरुङले अबको शिक्षाले नयाँ पन दिनुपर्नेमा जोड दिनु पर्ने भन्दै प्रबिधियुक्त हुनुपर्ने बताएका थिए । त्यस्तै कार्यक्रममा बिद्यालयकी प्रधानध्यापक सुनिता रानी गुरुङले बिद्यार्थीहरुको भबिश्यको बिषयमा बिद्यालय जस्तै अभिभावक पनि गम्भीर हुनुपर्ने बताएकी थिइन । गुरुङले बिद्यार्थीलाई नयाँपन दिने प्रतिबद्धता समेत जाहेर गरेकी थिइन । 

कार्यक्रममा सिटिएफका कर्णाली र लुम्बीनी प्रदेश प्रमुख अशोक सुबेदी प्रमुख प्रशिक्षक रबिकिरण शर्मा सुर्योदयका कोर्डिनेटर लोकेन्द्र बिसीको समेत उपस्थीति रहेको थियो ।  कार्यक्रममा अभिभावकहरुको बाक्लो उपस्थीति रहेको थियो ।