अखिल क्रान्तिकारी बाँकेको विशेष बैठकले गरेका निर्णय सार्वजनिक (पुर्णपाठ सहित)

यस्तो छ विज्ञप्तिको पुर्णपाठ

नेपालगन्ज, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अनेरास्वियू (क्रान्तिकारी) जिल्ला समिती बाँकेको विशेष बैठकले गरेका निर्णयहरु सार्बजनिक गरिएको छ ।  सङ्गठन केन्द्रीय सचिबालय सदस्य डिबी शाही, नेकपा (बहुमत) बाँके जिल्ला इन्चार्ज अनन्त र जिल्ला संयोजक परिवर्तनको विशेष उपस्थितिमा शनिबार सम्पन्न विशेष बैठकले गरेका महत्वपूर्ण निर्णयहरु सम्प्रेषणका लागी आईतबार सङ्गठनको तर्फबाट एक प्रेस विज्ञप्ति जारी गरिएको छ ।

सङ्गठनका नर्वनिर्वाचित जिल्ला संयोजक कमल बस्यालद्धारा हस्ताक्षरित विज्ञप्तिमा समसामयिक शैक्षिक बिषयमा बुदे निर्णय विज्ञप्ति मार्फत सार्बजनिक गरिएको हो ।

नेपालको क्रान्तिकारी विद्यार्थी आन्दोलनको मूल प्रवाह हाम्रो गौरवशाली सङ्गठन अखिल (क्रान्तिकारी) संसदबाद, सुधारवाद, अवसरवाद, दक्षिणपन्थी संशोधनवाद, प्रतिक्रियावाद संग भिषण संघर्ष गर्दै न्याय, मुक्ति, समानताको लागी संघर्षशील सङ्गठन रहेको र आफ्नो क्रान्तिकारी चरित्रलाई जीवित राख्न संसदवाद र सुधारवाद विरुद्ध फेरि एकपटक विद्रोह अनिवार्य बन्न गएपछी क्रान्तिकारी विद्यार्थी आन्दोलनलाई क्रान्तिकारी चरित्र र भुमिकामा पुनर्गठन गरिएको कुरा विज्ञप्तिमा उल्लेख छ ।

बैठकले कमल बस्यालको संयोजकत्वमा २९ सदस्यीय २७ औँ जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ । साथै सङ्गठनले आगामी दिनमा राष्ट्रियता, जनतन्त्र, जनजीविका र शैक्षिक विषयमा संघर्ष गर्ने निर्णय गरेको छ ।

त्यस्तै निजी विद्यालयमा भर्ना, शुल्क, वार्षैपिच्छे पाठ्यपुस्तक प्रकाशन परिवर्तन, विद्यार्थी पोसाक लगायतका विषयमा गरिरहेको अनियमितताको अनुगमन गर्नुका साथै छात्रवृत्ति वितरणलाई पारदर्शी गर्न माग गर्नुका साथै सबै विद्यालयका विद्यार्थीहरुलाई पाठ्यपुस्तक समयमै उपलब्ध गराउन, सामुदायिक विद्यालयमा विद्यार्थीहरुबाट माशिक शुल्क, भर्ना शुल्क लगायतका विभिन्न बाहानामा लिइने शुल्क बन्द गर्न, संबिधानमा मौलिक हकको रुपमा व्यवस्था गरिए अनुरुप प्राथमिक तह सम्म अनिवार्य र नि:शुल्क, माध्यमिक तह सम्मको शिक्षा नि:शुल्कको व्यवस्थालाई अनिवार्य रुपमा लागू गर्न जोडदार माग गरेको छ ।

बैठकले सरकारी क्याम्पस तथा विद्यालयमा अध्यापनरत शिक्षक-प्राध्यापक, सरकारी कर्मचारी, विद्यालय व्यवस्थापन समितीमा आबद्ध व्यक्ती, जनप्रतिनिधि, सांसद, मन्त्री लगायत सार्वजनिक पदधारण गरेका व्यक्तिहरुलाई निजी शिक्षण संस्थामा लगानी गर्ने कार्य बन्द गर्न र आफ्ना छोराछोरीलाई अनिवार्य रुपम सरकारी विद्यालयमा भर्ना गर्न समेत माग गरेको छ ।

यस्तो छ विज्ञप्तिको पुर्णपाठ :

नेपालको क्रान्तिकारी विद्यार्थी आन्दोलनको मूल प्रवाह हाम्रो गौरवशाली सङ्गठन अखिल (क्रान्तिकारी) संसदबाद, सुधारवाद, अवसरवाद, दक्षिणपन्थी संशोधनवाद, प्रतिक्रियावाद संग भिषण संघर्ष गर्दै न्याय, मुक्ति र समानताको लागी संघर्षशील सङ्गठन हो । आफ्नो क्रान्तिकारी चरित्रलाई जीवित राख्न संसदवाद र सुधारवाद विरुद्ध फेरि एकपटक विद्रोह अनिवार्य बन्न गएपछी क्रान्तिकारी विद्यार्थी आन्दोलनलाई क्रान्तिकारी चरित्र र भुमिकामा पुनर्गठन गरेका छौं । पुनर्गठन पश्चात् हाम्रो गौरवशाली सङ्गठन अखिल (क्रान्तिकारी) बाँके जिल्ला समितीको विशेष बैठक २०७९ असार ३२ गते क. कमल बस्यालको अध्यक्षतामा बस्यो । बैठकमा हाम्रो मातृ पार्टी नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का बाँके जिल्ला इन्चार्ज क. अनन्त प्रमुख अतिथिको रुपमा र पार्टीका जिल्ला संयोजक क. परिवर्तन, सङ्गठनका केन्द्रीय सचिबालय सदस्य क. डिबि शाही, केन्द्रीय सदस्य क. सुन्देवी शाही, युवा जनस्वयमसेवक, नेपालका केन्द्रीय सदस्य क. प्रकाश शर्मा लगायत अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो । बैठकले लिएका महत्वपूर्ण निर्णयहरु सम्प्रेषणका लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।

१. बैठकले क. कमल बस्यालको संयोजकत्वमा २९ सदस्यीय २७ औँ जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ ।

२. बैठकले राष्ट्रियता, जनतन्त्र, जनजीविका र शैक्षिक विषयमा संघर्ष गर्ने निर्णय गरेको छ ।

३. निजी विद्यालयमा भर्ना, शुल्क, वार्षैपिच्छे पाठ्यपुस्तक प्रकाशन परिवर्तन, विद्यार्थी पोसाक लगायतका विषयमा गरिरहेको अनियमितताको अनुगमन गर्नुका साथै छात्रवृत्ति वितरणलाई पारदर्शी गर्न जोडदार माग गरेको छ ।

४. सबै विद्यालयका विद्यार्थीहरुलाई पाठ्यपुस्तक समयमै उपलब्ध गराउन जोडदार माग गरेको छ ।

५ सामुदायिक विद्यालयमा विद्यार्थीहरुबाट माशिक शुल्क, भर्ना शुल्क लगायतका विभिन्न बाहानामा लिइने शुल्क तत्काल बन्द गर्न जोडदार माग गर्दछौँ । साथै संबिधानमा मौलिक हकको रुपमा व्यवस्था गरिए अनुरुप प्राथमिक तह सम्म अनिवार्य र नि:शुल्क, माध्यमिक तह सम्मको शिक्षा नि:शुल्कको व्यवस्थालाई अनिवार्य रुपमा लागू गर्न जोडदार माग गरेको छ ।

६. जिल्लाका सबै स्थानीय तहमा ‘स्थानिय शिक्षा ऐन र निमावलीको तत्काल व्यवस्था गर्न जोडदार माग गरेको छ ।

७. विद्यालय तथा क्याम्पसमा राजनीतिक भागबण्डाको आधारमा गरिने शिक्षक, प्राध्यापक तथा कर्मचारी नियुक्ती, विद्यालय व्यवस्थापन समिती गठन/पुर्नगठनलाई तत्काल रोक्न जोडदार माग गरेको छ । साथै म्याद नाघिसकेका विद्यालय व्यवस्थापन समितीलाई तत्काल गठन गर्न पनि जोडद्धार माग गरेको छ ।

८. सबै बिद्यालयका छात्राहरुलाई अनिवार्य रुपमा आत्म शुरक्षा तालिम (Self Defense Training) को व्यवस्था गर्न जोडदार माग गरेको छ ।

९. कोरोना महामारीको विषम परिस्थितिमा महामारी अबधिको CTEVT द्धारा सन्चालित कार्यक्रमको शुल्क र अन्य शिक्षण संस्थामा शुल्कमा दिएको सहुलियत तत्काल कार्यान्वयन गर्न जोडदार माग गरेको छ।

१०. सरकारले यातायातका साधनहरुमा यात्रा गर्दा विद्यार्थीलाई यातायात भाडामा गरिएको ४५ प्रतिशत सहुलियतको कडाईपुर्वक कार्यान्वयन गर्न माग गरेको छ ।

११. CTEVT द्धारा सन्चालित छोटो अवधिका तालिम कार्यक्रम, बिदेशी सम्बम्धनको भरमा होटल म्यानेजमेन्ट नाममा सन्चालित कलेजहरु, विदेशमा अवैधानिक रुपमा विद्यार्थी पठाउने कन्सलटेन्सी, भाषागत इन्स्टिच्युट, ट्युसन तथा कोसिङ् सेन्टरलाई नियमन र अनुगन गर्न जोडदार माग गरेको छ ।

१३. सामुदायिक विद्यालयमा देखिएको भाषागत विभेद(अंग्रेजी/नेपाली) अन्त्य गर्न जोडदार माग गरेको छ।

१४. आकासिदो महङ्गी नियन्त्रण गर्न, पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि फिर्ता लिन, पेट्रोलियम पदार्थमा लगाइएको अत्याधिक कर घटाउनुका साथै महङ्गी, कालोबजारी, सबै क्षेत्रमा हुने अनियमितता, भ्रष्टाचारको छानबिन गरि कार्वाही गर्न जोडदार माग गरेको छ ।

१५. संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी माथी भईरहेको श्रमशोषणको अन्त्य गर्न र श्रम ऐनमा व्यवस्था गरिए अनुरुपको पारिश्रमिक निर्धारण गरी इमानदारीपूर्वक कार्यान्वयन गर्न जोडदार माग गरेको छ ।

१६. सरकारी क्याम्पस तथा विद्यालयमा अध्यापनरत शिक्षक-प्राध्यापक, सरकारी कर्मचारी, विद्यालय व्यवस्थापन समितीमा आबद्ध व्यक्ती र जनप्रतिनिधि, सांसद, मन्त्री लगायत सार्वजनिक पदधारण गरेका व्यक्तिलेहरुले निजी शिक्षण संस्थामा लगानी गर्ने कार्य बन्द गर्न र आफ्ना सन्तानलाई अनिवार्य रुपम सरकारी विद्यालयमा भर्ना गर्न माग गर्दछ ।

१७. बिगतमा जिल्ला शिक्षा समन्वय इकाई, स्थानीय सरकारका शिक्षा इकाई, संस्थागत विद्यालयका छाता सङ्गठन प्याबसन, एनप्याबसन, हिसान, विभिन्न सामुदायिक विद्यालय, शिक्षक संघ सङ्गठन लगायतका सरोकारवाला निकाय र हाम्रो सङ्गठन अखिल (क्रान्तिकारी) संग भएको सहमतिको यथाशीघ्र र इमानदारीपूर्वक कार्यान्वयन गर्न जोडदारमा गरेको छ ।

क्रान्तिकारी अभिवादन सहित !

श्रावण १, २०७९

………………..
कमल बस्याल
संयोजक