युक्रेनी सुरक्षा प्रमुख बर्खास्त

किभ । युक्रेनका सुरक्षा प्रमुख इभान बाकानोभ बर्खास्त भइका छन् । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सुरक्षा सेवाका प्रमुख बाकानोभसहित अरू केहीलाई रुससँग साँठगाँठ गरेको आरोपमा बर्खास्त गरेको समाचार संस्था एपीले जनाएको छ ।

रुसी युद्ध अपराधको अभियोग निरूपण गर्ने निकायको नेतृत्व गर्ने अभियोजक जनरल इरिना भेनेडिक्टोभालाई पनि बर्खास्त गरिएको छ । बर्खास्तमा परेकाहरूमाथि रुस नियन्त्रित क्षेत्रहरूमा युक्रेनविरुद्ध काम गरेको, आफ्नो भूमिमा रुसी घुसपैठ तथा राज्यको राष्ट्रिय सुरक्षालाई बेवास्ता गरेकोलगायत आरोप लागेको छ ।

रुसले युक्रेनमा गएको फेब्रुअरी २४ देखि आक्रमण गर्दै आएको छ । आक्रमणको ६ महिना पुग्नै लाग्दा पनि दुई देशबीचको युद्ध रोकिने सम्भावना देखिएको छैन । एजेन्सी