अखिल (क्रान्तिकारी) बाँकेको संयोजकमा कमल बस्याल चयन

नेपालगन्ज, धर्मेन्द्र बास्तोला ‘कन्चन’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) जिल्ला समितीको बाँकेको संयोजकमा कमल बस्याल चयन भएका छन् ।अखिल (क्रान्तिकारी) केन्द्रीय सचिबालय सदस्य डिबि शाहीको उपस्थितिमा शनिबार सम्पन्न सङ्गठनको विशेष बैठकले बस्यालको संयोजकत्वमा २९ सदस्य २७ औँ जिल्ला सम्मेलन आयोजक समिती चयन गरेको छ ।

बैठकमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) बाँके जिल्ला इन्चार्ज अनन्त, संयोजक परिवर्तन केन्द्रीय अखिल (क्रान्तिकारी) केन्द्रिय सदस्य सुन्देवी शाही, युवा जनस्वयमसेवक, नेपालका केन्द्रीय सदस्य कमरेड प्रकाश शर्मा लगायतको विशेष उपस्थितिमा महत्त्वपूर्ण र दुरगामी निर्णय गर्दैँ सम्पन्न भएको सङ्गठनका नवनिर्वाचित संयोजक बस्यालले जानकारी दिए ।

उनले बाँके जिल्लाको शैक्षिक क्षेत्र भित्र देखिएका समस्या र त्यसको समाधानको लागि आफ्नो सङ्गठनले वैज्ञानिक योजना सहित जिल्ला व्यापिरुपमा शैक्षिक संघर्षलाई अघाडी बढाउने पनि जानकारी दिए ।