बालेनलाई दिए ओलीले उपहार

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले तबला उपहार दिएका छन् ।

हिजो (बुधबार) साँझ बालकोट पुगेका मेयर शाहलाई पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले तबला उपहार दिएका हुन् । ओली र बालेनबीच काठमाडौं महानगरको समग्र विकासका बारेमा छलफल भएको जनाइएको छ । बालेनले यसअघि महानगरमा आफ्नो जित सुनिश्चित भएपछि ओलीलाई बालकोट नै पुगेर भेटेका थिए ।

बुधबार बिहान मात्रै एमालेबाट मेयरका प्रत्यासी केशव स्थापितलाई भेट्न बालेन उनकै निवास पुगेका थिए । केही दिनअघि काँग्रेसबाट मेयरमा उम्मेदवार बनेकी सिर्जना सिंहसँग पनि बालेनले भेटवार्ता गरेका थिए । बालेन सिर्जना सिंहलाई भेट्न उनको निवास चाक्सीबारी पुगेका थिए ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईलगायतसँग पनि भेटिसकेका छन् ।