यस्तो रहेछ गभर्नर कामरेडको पार्टी मोह

अर्थमा महाप्रसादको महाजाल

काठमाडौं, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संग आबद्ध भएको सार्बजनिक भए संगै बुधबारको संसद वैठकमा हंगामा भएको छ ।प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा माओवादी सांसदहरु रेखा शर्मा र अञ्जना विशंखे लगायतले प्रमुख प्रतिपक्षी एमालेको अर्थ तथा योजना विभागको सदस्यमा गभर्नर अधिकारीलाई राखिएको विषय सार्वजनिक भएको भन्दै उनी माथि छानबिन हुनुपर्ने माग राखेका छन् ।

प्रतिनिधी सभाको वैठकमा माओवादी सांसद रेखा शर्माले राष्ट्र बैंकका गभर्नर अधिकारीले सरकारको निर्देशन तथा नीति पालना गरिरहेका छन् कि प्रमुख प्रतिपक्ष एमालेको भनेर पनि प्रश्न गरेकी थिइन् । ‘एमालेको अर्थ तथा योजना विभागको सदस्य रहने महाप्रसाद अधिकारी अर्थतन्त्र सम्हाल्नुपर्नेमा अर्थतन्त्र बिगार्न लागिरहनुभएको छ । उहाँका विषयभा गम्भीर छानबिन गरियोस् । दोषीउपर कारबाही गरियोस्,’ उनको भाग थियो ।

राष्ट्र बैंक ऐन, कर्मचरी नियमावली, गभर्नरको योग्यता लगायतका व्यवस्थाविपरीत गभर्नर अधिकारी एमाले अर्थ तथा योजना विभागमा सदस्य बनाइएको शर्माको भनाई थियो ।

‘राष्ट्र बैंकजस्तो देशको अर्थतन्त्र सम्हाल्ने प्रमुख गभर्नर महाप्रसाद अधिकारी राजनीतिक दलमा आबद्ध हुन नपाउने राष्ट्र बैंक, कर्मचारी नियमावली विपरीत एमालेको अर्थ तथा योजना विभागका सदस्य भनेर एम अधिकारी खोटाङ भन्ने व्यक्ति छ । ती एम अधिकारी भन्ने व्यक्ति महाप्रसाद अधिकारी हुन् भन्ने छ,’ उनले भनिन्, ‘एकातिर अर्थतन्त्र बिग्रदो अवस्थामा छ भन्ने आरोप र प्रत्यारोपमा छौं,’ उनले भनिन्, ‘राष्ट्र बैंकको प्रमुखलाई दलीय अनुशासन लाग्छ । दलका योजना पालना गर्नपर्ने हुन्छ । दलको विभागीय सदस्यमा बस्दा सरकारको नीति कार्यान्वयन गर्नुहुन्छ कि प्रतिपक्षको निति पालना गर्नुहुन्छ ?’

अर्थतन्त्रका विषयमा नियोजित ढंगले प्रमुख प्रतिपक्षले आक्रमण गरिरहेको र त्यसमा अधिकारीले सहयोग गरेको भन्ने सांसद शर्माको आरोप थियो ।