भौतिक पूर्वधार तथा यातायात मन्त्री राईलाई गृह जिल्लामा स्वागत

बाँके, नेपाल सरकारका भौतिक पूर्वधार तथा यातायात मन्त्रीमा नियुक्ती पछी पहिलो पटक गृह जिल्ला बाँकेमा आएका मन्त्री मोहम्मद इश्तियाक राईलाई स्वागत गरिएको छ। नव नियुक्त मन्त्री राईलाई नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाह लगायतले फुलमाला तथा खादा ओडाएर शनिबार भब्य स्वागत गरेका हुन ।

मन्त्री राईलाई स्वागत गर्न नरैनापुर गाँउपालिका अध्यक्ष शाह संगै बाँकेका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, नेपालगंज उपमहानगरका मेयर लगायत अन्य समर्थकहरु नेपालगंज बिमानस्थलमा पुगेका थिए ।

मन्त्री राईलाई स्वागत गर्दै नरैनापुर गाँउपालिका अध्यक्ष शाहले नरैनापुरको शिक्षा, स्वास्थ्य, खानेपानी र भौतिक पूर्वधार निमार्णका लागि बजेटको व्यवस्था गरी दिन आग्रह गर्दै सफल कार्यकालका लागि शुभ कामना दिएका थिए ।

स्वागत तथा बधाई कार्यक्रममा संक्षिप्त भनाई राख्दै मन्त्री राईले जनताले सुम्पिएको समृद्धी र विकासको गहन जिम्मेवारीलाई पुरा गरेरै छाड्ने बताउदै नरैनापुरलाई आफनो कार्यकालमा नै विकास गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।