यी हुन् माओवादी केन्द्रका ४१ स्थायी समिति सदस्य
काठमाडौं । नेकपा माओवादी केन्द्रले ४१ सदस्यीय स्थायी समिति घोषणा गरेको छ । आज (विहीबार) प्रज्ञा भवन कमलादीमा बसेको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ४१ सदस्यीय स्थायी समिति घोषणा गरेका हुन् ।

खारेजीमा परेको तत्कालीन नेकपाकालीन १५ जना र अहिले थपिएका २६ जनालाई समेटेर ४१ प्रचण्डले सदस्यीय स्थायी समिति घोषणा गरेका हुन् ।
केन्द्रीय समितिको कूल सदस्य संख्याको बढीमा एकतिहाइ सदस्य रहेको पोलिटब्युरो र पोलिटब्युरोको कूल सदस्यको बढीमा एकतिहाइ सदस्य रहेको स्थायी समिति बन्ने विधानको व्यवस्था अनुसार प्रचण्डले स्थायी समिति तोकेका हुन् । पोलिटब्युरोको संख्या बढेसँगै स्थायी समिति पनि केही ठूलो भएको प्रचण्डले बताएका छन् ।
माओवादीमा १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, १ महासचिव, २ उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्ष सहित १५ सदस्यीय पदाधिकारी, ३३ सदस्यीय स्थायी समिति, ९९ सदस्यीय पोलिटब्युरो र २९९ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था थियो । तर यी तीनै समितिको आकार अहिले ठूलो हुन पुगेको छ । माओवादीको गत पुसमा सम्पन्न आठौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष मात्रै चयन गरिएको थियो ।
यी हुन् स्थायी समिति सदस्य
१. पुष्पकमल दाहाल ’प्रचण्ड’
२.नारायणकाजी श्रेष्ठ
३. कृष्णबहादुर महरा
४. उर्मिला अर्याल
५. पम्फा भुसाल
६. हरिबोल गजुरेल
७. गणेश शाह
८. देव गुरुङ
९. वर्षमान पुन
१०. जनार्दन शर्मा
११. दीनानाथ शर्मा
१२. सुरेश आलेमगर
१३. वामदेव क्षेत्री
१४. पूणर्कुमारी सुवेदी
१५. गिरिराजमणि पोखरेल
१६. चक्रपाणी खनाल
१७. मात्रिका यादव
१८. देवेन्द्र पौडेल
१९. लीलामणि पोखरेल,
२०.शक्ति बस्नेत
२१. जयपुरी घर्ती
२२. शशि श्रेष्ठ
२३. हितमान शाक्य
२४. अमृता थापा
२५. ओनसरी घर्ती
२६. राम कार्की
२७. कालीबहादुर मल्ल
२८. खगराज भट्ट
२९. प्रह्लाद बुढाथोकी
३०. भरतप्रसाद साह
३१. महेन्द्रबहादुर शाही
३२. यशोदा गुरुङ
३३. रेखा शर्मा
हेर्नुस् पोलिटब्यूरो कमिटीका सदस्यहरु
पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, उर्मिला अर्याल, पम्फा भुसाल, हरिबोल गजुरेल, गणेश शाह, देव गुरुङ, वर्षमान पुन, जनार्दन शर्मा, दीनानाथ शर्मा, सुरेश आलेमगर, बामदेव क्षेत्री, पूणर्कुमारी सुवेदी, गिरिराजमणि पोखरेल, चक्रपाणी खनाल, मात्रिका यादव, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, शक्ति बस्नेत, जयपुरी घर्ती, शशि श्रेष्ठ, हितमान शाक्य, अमृता थापा, ओनसरी घर्ती, राम कार्की, कालीबहादुर मल्ल, खगराज भट्ट, प्रल्हाद बुढाथोकी, भरतप्रसाद साह, महेन्द्रबहादुर शाही, यशोधा गुरुङ, रेखा शर्मा, लेखनाथ न्यौपाने, विश्वनाथ साह ।
टेकबहादुर बस्नेत, झक्कु सुवेदी, जोखबहादुर महरा, गंगा कार्की, कृष्णध्वज खड्का, रेखा शर्मा, कुलप्रसाद केसी, कुमार पौडेल, कुमारी मोक्तान, जगतप्रसाद यादव, शालिकराम जमरकट्टेल, श्रीराम ढकाल, शिवकुमार मण्डल, गणेशमान पुन, खिमलाल देवकोटा, रेनु दाहाल, रामकुमारी चौधरी, युवराज चौलागाई, मुक्ति नारायण प्रधान, माधव सापकोटा, महेश्वर दाहाल, महेन्द्र पासवान, विमला सुवेदी, देवीलाल चौधरी, देवेन्द्र पराजुली, दिलिप प्रजापति, दामाकुमारी शर्मा, कल्पना धमला, कमला रोका, इन्द्रजीत थारु, आशा कोइराला, ओम शर्मा, अञ्जना बिसंखे, अजम्बर राई, अजयशंकर नायक, अमरबहादुर तमु, अशोक कुमार मण्डल, रामदीप आचार्य रामप्रसाद सापकोटा दीपशिखा, रेणु चन्द, हिमाल शर्मा, गोपाल शर्मा, कृष्ण केसी, राजन दाहाल, हरि दाहाल, वसन्त घर्ती, धर्मशिला चापागाईं, रामकुमार शर्मा, कुमारी मोक्तान, अमर तमु, सुशीला सिम्खडा, युवराज दुलाल, युवराज चौलागाईं, रमेश मल्ल बीना मगर, केशव न्यौपाने, कपिल लामा, नेपबहादु चौधरी,सत्या पहाडी, प्रकाशहरि पोखरेल, महेन्द्र पासवान, कल्पना धमला, रेनुका पराजुली, सुरेश मानन्धर, महेश्वर यादव, जगत यादव, गोपाल ठाकुर, लक्ष्मण पन्त, दिलीप प्रजापति, सावित्री काफ्ले, सूर्य सुवेदी, नारायण दाहाल, हितराज पाण्डे, सुरेश राई, झक्कु सुवेदी, महेश्वरजंग गहतराज, राजु खड्का, शिवकुमार मण्डल र रामकुमार शर्मा।

