युवा जनस्वयम्सेवकको केन्द्रीय अध्यक्षमा हरिश भट्ट

काठमाडौं, धर्मेन्द्र बास्तोला ‘कन्चन’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट युवा सङ्गठन युवा जनस्वयम्सेवक, नेपालको केन्द्रीय अध्यक्षमा हरिश भट्ट चयन भएका छन् ।

युवा जनस्वयम्सेवक, नेपालको बुधबार सम्पन्न विशेष राष्ट्रिय भेलाले भट्टलाई अध्यक्षमा चयन गरेको हो ।

विशेष राष्ट्रिय भेलाले भट्टको नेतृत्वमा ८१ सदस्य केन्द्रीय समिती समेत चयन गरेको छ । जसको उपाध्यक्षमा बिरेन्द्र बिक, अबिनाश कुवर, महासचिव झलक बिक, सचिव सन्तोष सुवेदी र कोषाध्यक्ष कविता कार्कीलाई चयन गरेको छ ।

अध्यक्षम निर्वाचित भट्ट र महासचिवमा निर्वाचित विक दुवै जना पुर्व विद्यार्थी नेता समेत हुन् ।