यस्ता छन् मन्त्रिपरिषद बैठकका २२ निर्णय (सूचीसहित)

काठमाडौं । मन्त्रिपरिषद बैठकले मंगलबार गरेका विभिन्न २२ वटा निर्णय आज (बुधबार) सार्वजनिक गरिएको छ ।

मन्त्रिपरिषदले नागरिकता विधेयक फिर्ता लिनेदेखि नेपाल प्रहरीमा क्षमतासहितको साइबर ब्युरो स्थापनका लागि कोरियाबाट प्राप्त हुने सहयोग स्वीकार गर्नेसहितका निणर्य गरेको बुधबार सरकारका प्रवक्ता समेत रहका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् ।

यी हुन् मन्त्रिपरिषद वैठकले गरेका २२ निर्णय

१) असार २४ देखि २६ गतेसम्म भारतको राजधानी नयाँ दिल्लीमा हुने रिफाउन्डिङ द फिउचर कार्यक्रममा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष डा. विश्व पौडेललाई सहभागी हुन स्वीकृत प्रदान गर्ने ।
२) संयुक्त राष्ट्रसंघको आयोजनामा असार २१ देखि २३ तथा २७ देखि ३१ सम्म आयोजना हुने इकोसोक हाइलेभल फोरम २९ देखि ३१ सम्म हुने मिनिस्टेरियल सेग्मेन्ट र साउनमा हुने हाइलेभल सेग्मेन्टमा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा हुने प्रतिनिधि मण्डललाई स्वीकृत प्रदान गर्ने ।
३) खानेपानी क्षेत्रको सुशासन र पूर्वाधार क्षेत्र आयोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ५९.६ मिलियन एसडीआर सहुलियतपूर्ण ऋण साहयता स्वीकृत गर्ने ।
४) नेपाल प्रहरीमा क्षमतासहितको साइबर ब्युरो स्थापनका लागि कोरियाबाट प्राप्त हुने अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने ।
५) हरित ग्यास उत्सर्जन न्यूनीकरणका लागि खाना पकाउने आधुनिक दक्ष तथा जलवायुमैत्री ऊर्जाको प्रवद्र्धनका लागि प्राप्त हुने अमेरिकी डलर २१.१२ मिलियन अनुदान सहायता रकम स्वीकार गर्ने ।
६) हरित तथा नवीकरणीय ऊर्जा प्रवर्द्नका लागि युरोपियन युनियनबाट प्राप्त हुने युरो ४.५ मिलियन बराबरको आर्थिक प्राविधिक सहयोग स्वीकार गर्ने ।
७) पहाडी क्षेत्रमा कास्टफल तथा फलफूल अयोजनका लागि एसियाली विकास बैंकबाट सहुलियतपूर्ण ऋण तथा अनुदान सहायतासम्बन्धी अन्तिम रूप दिन अर्थ मन्त्रालयको सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने ।
८) विभूषण समितिका सदस्यका रूपमा रहेका अन्य सदस्यहरू यथावत् रहने गरी कलाकार मदनदास श्रेष्ठको सट्टामा कला क्षेत्रबाट संगीतकार शम्भुजित बास्कोटा विभूषण समितिको सदस्य तोक्ने ।
९) नेपालको नागरिकता एने २०३६ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्बाट फिर्ता लिन स्वीकृत दिने ।
१०) सशस्त्र प्रहरी दोस्रो संशोधन नियमावली २०७९ स्वीकृत गर्ने ।
११) प्रत्येक वर्ष वैशाख १ गते घर जग्गा लिखित रजिस्ट्रेसन दिवस मनाउन स्वीकृत प्रदान गर्ने ।
१२) विभिन्न २३ जिल्लाका दुई लाख २३ हजार ३३० गरिव परिवारहरूको सूची स्वीकृत गर्ने ।
१३) राष्ट्रिय बालअधिकार परिषद्को कार्यकारी निर्देशक पदको हालको बालबालिकासम्बन्धी नियमावली २०७८ मा नभएकाले कार्यकारी निर्देशक मिलनराज धरेललाई पदमुक्त गर्ने र राष्ट्रिय बालअधिकारको उपाध्यक्ष तीन जना सदस्य र सदस्यसचिवहरू नियुक्त गर्ने ।
१४) वाग्मती प्रदेश ट्राफिक कार्यालयलाई चितवन जिल्लाको भरतपुर १ रामनगरस्थित सतनचुली सामुदायिक वनको ०.४६ हेक्टर वनक्षेत्र प्रयोग गर्न स्वीकृत दिने ।
१५) कणर्ाली प्रदेशको प्रादेशिक सरुवा रोग अस्पताल निर्माणको सुर्खेत जिल्लाको भेरिगंगा नगरपालिका वडा नम्बर १२ मा रहेको राष्ट्रिय वनको कुल जम्मा ४.९ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृत दिने ।
१६) भाषा आयोगको सदस्य पदमा डा. अम्मरराज गिरी, प्रा.डा. कृष्णप्रसाद न्यौपाने, मातृकाप्रसाद पोखरेल, गोपालप्रसाद सराफ र अमृत योन्जन तामाङ्लाई नियुक्त गर्ने ।
१७) विभिन्न स्थानीय तहलाई परियोजना सञ्चालनका लागि जग्गा प्राप्ति गर्न स्वीकृत दिने ।
१८) नेपाल दूरसञ्चार प्राधिकरणको प्राविधिक सदस्यमा रविन्द्र झा र लेखा तथा परीक्षण सदस्यमा गोकणर्प्रसाद सिटौलालाई नियुक्त गर्ने ।
१९) नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्रांकित विशिष्ठ रिक्त पदमा सहसचिव डा. गोपिकृष्ण खनाललाई बढुवा गर्ने ।
२०) नेपाल कृषि तथा वन सेवा समूहीकरणतर्फको राजपत्रांकित विशिष्ठ पदमा डा. दिपककुमार खनाललाई बढुवा गर्ने ।
२१) नेपाल स्वास्थ्य सेवा अधिकृततर्फको १२औँ तहमा डा. संगीता कौशल मिश्रलाई बढुवा गर्ने ।
२२) हेजिङ नियमावली २०७८ स्वीकृत गर्ने, वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूका लागि पुनः एकीकरण कार्यक्रम सञ्चालन तथा व्यवस्थापिका निर्देशिका २०७९ स्वीकृत गर्ने ।