नेपाल रग्वी संघ लुम्बिनी प्रदेश अध्यक्षमा नवीन थापा

नेपालगन्ज, नेपाल रग्वी संघ लुम्बिनी प्रदेशको अध्यक्षमा नवीन थापा चयन भएका छन् ।बाँकेको कोहलपुरमा नेपाल रग्बी संघ लुम्बिनी प्रदेशको शनिवार सम्पन्न विशेष प्रथम साधारण सभाले थापाको अध्यक्षतामा ८ जनाको लुम्बिनी प्रदेश स्तरीय कार्यसमिति गठन गरिएको छ ।

जसको उपाध्यक्षमा प्रबिण पोरवाल, सचीवमा प्रेम चौलागाईं कोषध्यक्षमा ठाकुर प्रसाद खनाल, निरक पोखरेल, डम्बर भण्डारी, सागर खुलाल रहेकालाई छन । साथै संघद्धारा यहीँ असार २६ गते केन्द्रिय भेलाको लागी प्रदेशबाट प्रतिनिधि छनोट समेत गरिएको छ।