माओवादीको केन्द्रीय समितीको बैठक सुरु

काठमाडौं, माओवादीको केन्द्रीय समितिको बैठक कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको छ। केहिबेर अघि सुरु भएको बैठकमा अध्यक्ष प्रचण्डले पार्टीका पदाधिकारीहरु समक्ष कार्यसूची प्रस्तुत गरेका छन्।स्थानीय तह निर्वाचनपछि पहिलोपटक बसेको माओवादी केन्द्रको बैठकमा आगामी प्रदेश र संघको निर्वाचन, बैठक सन्चालन प्रक्रिया, स्थानीय तहको चुनाव समिक्षा, प्रदेशस्तरबाट संक्षिप्त रिपोर्टिङ लगायत नौ वटा अजेण्डा अघि सारिएको छ। ती अजेण्डामा छलफल चलिरहेको बताइएको छ।